७ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४ सय ३६ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार ८ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७० हजार ६८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय १८ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले पनि ७ लाख ६ हजार ६ सय ९० जना संक्रमित अवस्थामै रेहेका छन भने २२ लाख ७९ हजार ९ सय जना कोरोना मुक्त भएका छन ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ८० हजार ५ सय ६९ रहेको छ भने ८ लाख ८ हजार ६ सय ९७ जनाको मृत्यु भएको छ
वि.सं.२०७७ भदौ ७ आइतवार ०९:४७ मा प्रकाशित






























