back
CTIZAN AD

गृहमन्त्रीलगायतले धान माडेर गरेको भनिएको कार्यक्रमबारे गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ भदौ ८ सोमवार

894 

shares

८ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा खेतको लहलहाउदो धान माडेर खेतमै मन्च बनाएर नेताहरुले भाषण गरेको भन्दै आइतबार र सोमबार विभिन्न सामाजिक संजाल र मिडियामा फोटो राखेर आलोचना गरियो ।

नेताहरुको चरित्र र नियति यस्तै हो भनेर धेरैले गाली पनि गरे । तर, धान माडेर कार्यक्रम नगरिएको रामारोशन गाउँपालिकाले स्पष्ट पार्दै यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्री तथा मन्त्रीहरु उपस्थिति रहेको उक्त कार्यक्रमका बारेमा सामाजिक संजालमा व्यापक आलोचना भएपछि गाउँपालिकाले विज्ञप्ति नै निकालेर सरकार र गाउँपालिकाको सम्बन्धमा दरार पैदा गराउने नियतले विरोधी तत्वले फैलाएको अफवाहमा विश्वास नगर्न सबैमा अपिल गरेको छ ।

‘यहि भदौ २ गते विनासकारी बाढीले रामारोशन गाउँपालिका वडा नं ५ को सैनि बजार लगायत सम्पूर्ण कैलास तटिय क्षेत्रमा भएको जनधनको क्षतिको निरीक्षण तथा सो अकल्पनिय विनासकारी बाढीबाट भएको क्षतिप्रति पीडितलाई सान्त्वना दिन पीडितहरुको घाउँमा मलम पट्टी लगाउने उद्धेश्यले उक्त क्षेत्रमा पाल्नु भएका नेपाल सरकारका गृहमन्त्री मा. राम बहादुर थापा बादल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मा. लेखराज भट्ट, राष्ट्रिय सभा सदस्य मा. शेर बहादुर कुँवर र तारामान स्वार लगायतको टोलीको सन्दर्भमा सामाजिक संजाल तथा केही मिडियाहरुमा भएको दुश्प्रचारका विषयमा यस गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

विनासकारी बाढीले १७ जना मानिस, सयौ पशु चौपाया, एउटा सिंगो बजार, घरहरु, सडक, पुल, विजुली खेतीयोग्य जमिन, बगाएर तहस नहस बनाएको अवस्थामा पीडितहरुलाई ‘नआत्तिनुस, राहत, पुनर्निमाण तथा पुर्नस्थापनाको लागि नेपाल सरकार तपाईसँगै छ’ भनेर सान्त्वना दिएको अवस्थामा धानखेत मासेर कार्यक्रम गरेको भन्ने भ्रम फैलाईएको भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत् आपत्ति जनाएको हो ।

मिडियाहरुमा देखाइएजस्तै खेतको धान भाचेर कार्यक्रम गरिएको नभै कैलास तटिय खेतीयोग्य जमिन बाढीले बगाएको र र उक्त क्षेत्रको अवलोकन पश्चात पीडितहरुसँग दुई-चार सान्त्वनाको सब्दहरु राखिनु उचित भएकाले सोहि स्थानमा सांसदहरुले अनौपचारिक कार्यक्रममा आफ्ना भनाई राखेको पनि गाउँपालिकाले जानकारी दिएको छ ।

 

वि.सं.२०७७ भदौ ८ सोमवार १४:०६ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...