‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ?
केही हप्ताअघि म अछामबाट आउँदा नागढुंगामा ३ घण्टा जाममा परियो। हरेक गाडीको कागजपत्र जाँच गर्दा, गाडीको मान्छे हेर्दा, कहाँ गएको, के गएको भनेर सोधपुछ गर्दा प्रहरीले धेरै समय लगाए ।
त्यो बेलामा मैले सोचें, प्रहरीहरूलाई मानसिक तनाव, कोरोना संक्रमणको तनाव कति छ होला ? यहाँ दिन र रात बसेर काम गर्दा के खान्छन् होला ? कहाँ चर्पी छ होला, यिनीहरूलाई त कोरोना संक्रमण हुने धेरै सम्भावना छ। नभन्दै अहिले धेरै प्रहरी संक्रमित भएका छन्। कोरोनाको कहरले प्रहरीलाई कति तनाव छ, कति मानसिक र शारीरिक रूपले थकित छन्। उनीहरूको खानाको, पानी पिउन, चर्पी आदिको राम्रो बन्दोबस्त छैन। लगातार काम गरिरहँदा उनीहरू त्रस्त छन्, त्यसैले गर्दा आवेगमा आएर यस्तो गर्छन्। यो तनावको लक्षण हो, तर कसैले पनि प्रहरीको मानसिक तनावको बारेमा विचार गर्दैनन्’, एक वरिष्ठ मनोचिकित्सकले मलाई भने बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ।
दुई मुठी चिउरा र दालमोठ वा पत्रु खाना (बिस्कुट र चाउचाउ) प्रहरीलाई दिएर झारा टार्ने काम गर्दा प्रहरीहरूलाई सबभन्दा बढी देशमा आन्तरिक सुरक्षामा समस्या हुँदा प्रहरीहरू ‘फ्रन्ट लाइनमा’ खटिन्छन्।
प्रहरीको त्यो खटाइलाई ‘तलब लिएरमात्र काम’ गरिरहेका सोचिन्छ भने नेताहरू पनि प्रहरीलाई ‘सेवक’ नै ठान्छन्। उनीहरूका विचार हुन्छ होला प्रहरी त ‘रोबोट’ जस्तै हुन्। २४ सै घण्टा सेवामा खटिए पनि ‘उफ्’ भन्नु हुँदैन।
स्वास्थ्यकर्मीले जतिकै खटेर काम गरिरहेका प्रहरीलाई ‘धन्यवाद’भनेर भन्ने कोही छैन।उनीहरूको मनोबल उठाउने काम कमै भएको छ।
नेताहरूको दिनरात सेवा गर्ने प्रहरीको हालत कसले हेर्ने होला ? दिनरात यसै गरेर प्रहरीलाई काम गरिरहुँ भनेर नेताहरूले भन्ने हो भने प्रहरीहरू भोलि बिरामी भएर ढले, अत्यधिक कामले तनाव भएर बिरामी भए, बाटोमा सवारी जाँच गर्दा उनीहरूलाई कोरोनाको संक्रमण सर्यो भने के होला भनेर स्वास्थ्य मन्त्रालयले कतै विचार गरेको छ कि छैन ? प्रश्न कहाँ कसलाई सोध्ने होला।
मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, आदि स्वास्थ्यकर्मीहरूलाई के–के दिने, कसरी बचाउने भन्ने बारेमा छलफल गर्दा प्रहरीहरू पनि २४ घण्टा नै सेवामा खटिन्छन् उनीहरूको लागि खानाको विशेष प्रबन्ध हुनुपर्छ भनेर कसैले बोल्नु र काम गर्नु पर्दैन ?
‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ?
के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने रु म आफ्नो घरको चोकमा बिहान ५.३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने होला ? त्यो बेलामा प्रहरीहरू सायद रातभरि ‘सेवा’मा खटिएर, प्याकप्याक भएर ती प्रहरीहरूको व्यथा कसैले बुझ्दैनन्।
चोक चोकमा बसेका ती प्रहरीलाई बिहानपख शौच लाग्दा के गर्ने होला ? शौच समयमा नगर्दा प्रहरीको स्वास्थ्यमा कति समस्या पर्ला ? कसैले ध्यान देला ?
वि.सं.२०७७ भदौ ८ सोमवार १४:०९ मा प्रकाशित






























