back
CTIZAN AD

नेप्से आज पनि उकालो लाग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार

756 

shares

काठमाडाैं – कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको छ । कारोबार रकममा समेत बढोत्तरी भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१।२६ बिन्दुले बढेर एक हजार ४३१/६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३/५९ ले बढेर २९३/१४ मा पुगेको छ । कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर रु दुई अर्ब १३ करोड ९२ लाख दुई हजार ७५ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह १/४३ ले घटदा बैंकिङ १६/०८, व्यापार १३/७३, विकास बैंक १७/१६, जलविद्युत् ७/२२, वित्त ३/७, निर्जीवन बीमा १२८/६९, उत्पादन ६४/९१, अन्य १२/३६, लघुवित्त ५५/७३, जीवन बीमा १६२/८७ र सामूहिक लगानी कोष ०/०३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पुनरबीमा कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ६० लाख ४० हजार ९७५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेको इन्स्योरेन्स कम्पनी रु १२ करोड ९९ लाख २१ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड १८ लाख चार हजार ३६९, ग्लोबल आइएमइ बैंक रु ११ करोड ८० लाख २६ हजार ९६६, नेपाल बैंक लिमिटेड रु आठ करोड २७ लाख ८८ हजार ५२६, शिवम् सिमेन्ट रु सात करोड ३८ लाख २२ हजार १३७ र प्रभु इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ९५ लाख ४८ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कर्पोरेट डेभलपमेन्ट बैंक ६/९०, खानीखोला हाइड्रोपावर ६/२५, आरएमडिसी लघुवित्त ५/५०, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५/०८ प्रतिशतले कमाए । यस्तै छ्याङदी हाइड्रोपावर २/२५, श्री इन्भेस्टमेन्ट फाइनान्स १/९७, मल्टीपर्पस फिनान्स कम्पनी १/८५, प्रोगेसिभ फाइनान्स कम्पनी १/८५ र राधी विद्युत् कम्पनीका शेयरधनीले १/८५ प्रतिशतले गुमाए ।

वि.सं.२०७७ भदौ ८ सोमवार १७:३४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...