back
CTIZAN AD

धानवालीमा लागेको अज्ञात रोगका कारण किसान चिन्तित

वि.सं.२०७७ भदौ ९ मंगलवार

639 

shares

सर्लाही –  धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् ।

पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए । बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसानलाई थप चिन्तित बनाएको छ ।

धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो । जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका छन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले गुनासो गरे।

धान किरा खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले गुनासो गरे “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ । कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भने । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानहरुको गुनासो छ ।

कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १०:३४ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...