back
CTIZAN AD

टिकापुर नगरपालिकाको मासुमा आत्मनिर्भर कार्यक्रम

वि.सं.२०७७ भदौ ९ मंगलवार

921 

shares

कैलाली – कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष किसानका लागि भैँसीका पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम ल्याएको छ । नगरपालिकाले टीकापुरलाई मासुमा आत्मनिर्भर बनाउन भैँसीका पाडा र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम गर्न थालेको हो ।

नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा किनेर दिनेछ । “किसानको मागअनुसार ७५ प्रतिशत नगरपालिकाको लगानी र २५ प्रतिशत किसानको लगानीमा पशुपालन गरिनेछ”, टीकापुर नगरपालिकाका पशु अधिकृत श्यामराज पाण्डेले भने, “एकजना किसानलाई १० भन्दा बढी भैँसीका पाडा दिइनेछ । बङ्गुरका पाठा पनि १० भन्दा बढी दिने योजना छ ।”

पाण्डेका अनुसार तीन वर्षमा भैँसीका पाडा मासुका लागि तयार हुनेछ र किसानले बिक्री गरेर फाइदा लिन सक्नेछन् । यसरी पाडापालन गर्ने किसानलाई नगरपालिकाले घाँस, उपचार र प्राविधिक ज्ञानसमेत उपलब्ध गराउनेछ । यो कार्यक्रम नेपालका चार ठाउँमा मात्रै लागू भएको पाण्डेले बताए। “सङ्घीय सरकारको सहयोगमा सञ्चालित पाडा हुर्काउने कार्यक्रम पनौती, रोल्पा, पोखरा र टीकापुरमा स्वीकृत भएको हो”, उहाँले भने ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले ल्याएको यो कार्यक्रम यस क्षेत्रका लागि नयाँ कार्यक्रम हो । पाडापाडीका लागि रु ६० लाख र बङ्गुरका पाठाका लागि रु ३० लाख रकम विनियोजन गरिएको छ । यो कार्यक्रममा २० भैँसीपालक र १० जनासम्म बङ्गुरपालक किसानलाई अनुदान दिन सकिने नगरपालिकाले जानकारी दिएको छ ।

किसानलाई छिटो फाइदा लिन सजिलो हुने र व्यावसायिक बन्न सघाउने किसान बताउँछन् । “पशुपालनमा भविष्य खोजिरहेका किसानलाई अनुदान सहयोगले हौसला मिल्नेछ, साथै लागत सहभागितासमेत रहेकाले लगाव पनि बढ्नेछ”, पशुपालक किसान दीपक साउद भन्छन्, “मासुको अभाव रहेको अवस्थामा स्थानीय सरकारले किसानलाई लाभ हुने खालका कार्यक्रम ल्याउनु सकारात्मक हो । यसले मासु उत्पादन वृद्धि हुनुका साथै किसानलाई प्रेरणा मिल्नेछ ।”

नेपालमा ६० प्रतिशत राँगाको मासु खपत हुन्छ । बाँकी ४० प्रतिशत अन्य मासुले आपूर्ति हुने गरेको बताइन्छ । त्यसैले यो कार्यक्रम प्रभावकारी हुने किसान बताउँछन् । यससँगै टीकापुर नगरपालिकाले गाईको दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले गाईलाई पोषणस्वरूप भत्ता दिने, घाँस उत्पादनमा सघाउनेजस्ता कार्यसमेत गरिरहेको छ । “नगरपालिकाले कृत्रिम गर्भाधानमार्फत बाच्छी पाउने गाईलाई सुत्केरी भत्तावापत रु एक हजार दिने गरेको छ”, किसान रत्नप्रसाद पोखरेलले भने, “बाच्छी पाएमा दूध उत्पादनमा वृद्धि हुन्छ भनेर होला । मलाई त यो कार्यक्रम राम्रो लाग्यो ।” नगरपालिकाले किसानलाई निःशुल्क घाँसको बीउ वितरणको कार्यक्रमसमेत गर्ने गरेको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १०:२० मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...