back
CTIZAN AD

सरकारको निर्णयप्रति प्रवासी नेपाली एकता मंच साउदीद्वारा खेद ब्यक्त

वि.सं.२०७७ भदौ ९ मंगलवार

741 

shares

प्रवासी नेपाली एकता मंच साउदी अरबले विदेशमा असहाय बनेका नेपालीको उद्धारको दायित्व सरकारले नलिनु सरकारको गैरजिम्मेवारी भएको भन्दै खेद व्यक्त गरेको छ ।

अध्यक्ष शिवराज जैशी र सचिव राजु खनालद्वारा जारी विज्ञप्तिमा कोभड १९ को विश्वब्यापी महामारीका कारण रोजगारविहिन भएर फर्कने प्रतिक्षामा रहेका नेपालीहरुले पालना गर्नुपर्ने नियमहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले उक्त निर्णयप्रति खेद व्यक्त गरिएको छ ।
रोजगार गुमाएर बिखर्ची भएका असहाय श्रमिक नेपालीहरुको हवाई टिकट, लोकल यातायातको ब्यवस्थापन, क्वारेन्टाइन र पिसिआर परिक्षणसहितका सम्पूर्ण खर्च सरकारले ब्यहोर्न जोडदार रुपमा माग गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

साथै बिदेशमा बिखर्ची भएका आफ्ना नागरिक निःशुल्क स्वदेश ल्याउनु सरकारको दायित्व पनि हो भन्ने स्मरणसमेत गराइएको छ ।

यसैबीच सरकारले विदेशमा अलपत्र स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने र नेपालमा आएर होटल क्वारेन्टाइनमा बस्ने तथा पिसिआर खर्च पनि सरकारले व्यर्हाेने बताएको छ । पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईले मंगलबार सो कुराको जानकारी दिएका छन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १०:१७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...