back
CTIZAN AD

बिधि. नीति र पद्धति अराजकताको औषधि

वि.सं.२०७७ भदौ ९ मंगलवार

3.1K 

shares

बिचार र कार्यदिशा सहि छ भने नभएका कुराहरू पनि प्राप्त हुन्छ र गलत भए भएका कुराहरू पनि गुम्छ ।

निरपेक्ष एकता र निरपेक्ष संघर्षको मान्यता किमार्थ माक्र्सवादी मान्यता हुन सक्दैन, अझ झन द्वन्द्ववादी त हुनै सक्दैन । माक्र्सवाद आफैमा एक गतिशिल बिज्ञान हो यस्को बिकास अपरिहार्य र अनिवार्य छ । परिवार, समाज र राष्ट्र हुदै विश्वव्यापी अन्तरबिरोधहरूको निरूपण र समाधान गर्न केवल माक्र्सवादले मात्र सिकाउछ । माक्र्सवादले दुनियाँ बुझ्न मात्र हैन दुनियाँ बदल्न सिकाउछ, त्यो पनि निश्चित माक्र्सवादी मुल्य,  मान्यता, सिद्वान्त र परिधि भित्र रहेर यसले समाजलाई अग्रगमनतर्फ नै देखाइरहेको हुन्छ ।

जब सामाजिक अन्तरबिरोधमा फेरवदल आउँछ, ठिक त्यति नै बेला पार्टी भित्रको अन्तरबिरोधमा पनि फेरवदल आउने गर्छ । विद्यमान समाजिक अन्तरबिरोधहरूको पक्ष र बिपक्षहरू पार्टि भित्र पनि देखिने गर्छन नै । माक्र्स कालमा माक्र्सवादी कित्तामा पुँजीवादी प्रतिनिधि देखिने कुरा जस्तै, लेनिनकालमा बोल्सेभिक भित्रै जारशाहिका प्रतिनिधि देखिने कुरा जस्तै, माओकालमा माओकै पार्टीमा च्याङकाईसेक र कोमिन्ताङका प्रतिनिधि देखिने कुरा र नेपालकै सन्दर्भमा नेपाली जनता र दरबार बिचको अन्तरबिरोध देखिँदा रायमाझीका अनेकौ श्रृंखलाहरु जन्मने कुरा लगायतका यी सब तथ्यहरूले समाजमा विद्यमान अन्तरबिरोधको पक्ष र विपक्षहरू पार्टी भित्र रहिरहन्छन भन्ने कुराकै पुष्टि गर्दछन । अझ त्यो पनि नेतृत्व तहमा नै अभिव्यक्त हुन्छ ।

जब बाहिरको उत्पिडित र उत्पिडक बर्गको बिचमा भिषण अन्तरविरोध हुन्छ, पार्टी भित्र पनि समाजमा रहेको उत्पिडित बर्गको प्रतिनिधित्व गर्ने बिचार प्रभावी र नेतृत्व हावि रहन्छ भने त्यो बेला क्रान्ति सुनिश्चित हुन्छ । जब बाहिरको उत्पिडक बर्गको प्रतिनिधिहरू पार्टी नेतृत्वको तहमा हावि रहन्छन भने त्यति बेला प्रतिक्रान्ति नै हुन्छ जस्लार्ई रोक्न कठिन हुन्छ । हाल नेकपा भित्र पनि समाजमा विद्यमान अन्तरबिरोधको आधारमा पक्ष र बिपक्ष देखापरेको छ । जसरी यति बेला नेपाली समाज मुल रूपमा नेपाली श्रमजीवी जनता र दलाल नोकरशाही पँजीवादी तप्का बिचको अन्तरबिरोधको केन्द्रबाट गुज्रीरहेको छ ठिक त्यसै गरी नेकपा भित्र पनि सोही खाले अन्तरबिरोधको बिम्वहरू झल्कने गर्दछ। यो प्रष्ट छ की सामाजिक अन्तरबिरोधका आधारमा पार्टी अन्तरबिरोध मुक्त छैन र हुदैन ।

बिधि, नीति पद्धतिको संस्थागत बिकासबाटै सबै प्रकारका अराजकता रोक्न सकिने भएकाले कार्यदलको प्रतिवेदनलार्ई अघि बढन मद्धत गर्ने सन्दर्भ सामाग्रीका रुपमा बुझनु पर्दछ भन्ने लागेको छ ।

पार्टी भित्र ईमान्दार नेता कार्यकर्ताको सुनुवाई नहुने र पँहुच स्थापित नहुने तर दलाल नोकरशाही बर्गले पार्टी नेतृत्वलार्ई प्रभाबित पार्ने र पार्टी भित्र जबरजस्त पहुँच स्थापित गर्ने कुराले हामी क्रान्ति भन्दै भन्दै प्रतिक्रान्तिका आधारहरू स्थापित गर्दै त छैनौ भनि एक पटक निर्ममतापुर्वक समीक्षा गर्नु पर्ने मोडमा आईनै सकेका छौ । हामीले ठिक ठिक ढंगले बर्गिय दृष्टिकोण सहित पार्टी जीवनलार्ई गतिशिल रूपमा जनता सम्म पुर्याउने हो भने हामी भित्रै विद्यमान दलाल नोकरशाही चिन्तन परास्त हुने छ र क्रान्तिको सुन्दर बिजय सम्म हामीलार्ई पुर्याउने छ । पार्टीको बर्गिय दृष्टिकोण स्पष्ट नहुने, दलाल नोकरशाही पुजीपतिहरूसँग साँठगाँठ हुने र ईमान्दार नेता कार्यकर्ताहरू अपमानित भै बस्नु पर्ने अबस्था सृजना भएमा प्रतिक्रान्ति कुनै ताकतले रोक्न सक्दैन र हाल सम्मका उपलब्धिहरूको रक्षा गर्न सम्म पनि असम्भब हुने निश्चितै छ । तसर्थ माओले भन्नू भए जस्तै बिचार र कार्यदिशा सहि या गलत हुने कुराले नै सबै कुराको निधारण गर्छ । बिचार र कार्यदिशा सहि छ भने नभएका कुराहरू पनि प्राप्त हुन्छ र गलत भए भएका कुराहरू पनि गुम्छ । तसर्थ हामीलार्ई आजको दिनमा मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने एक क्रान्तिकारी बिचार र स्पष्ट कार्यदिशाको खाँचो छ । बिचार अनुरूपको क्रान्तिकारी पार्टी र संगठनको खाँचो छ जस्ले हामीलार्ई क्रान्ति सम्म पुर्याउने छ । यदी हामीले बिचारमा निखारता ल्याउन सकेनौ भने र बदलिएको राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरबिरोधको आधारमा माक्र्सवादको सृजनात्मक प्रयोग , बिकास र रक्षा गर्न सकेनौ भने हामीले आफै सम्पन्न गरेको क्रान्तिको रक्षा गर्न पनि सक्दैनौं र समाजवादी क्रान्तिको आधारहरूको बिकास गर्दै नेपाली क्रान्तिको बाँकि कार्यभारहरू पनि पूरा गर्न सक्दैनौं ।

क्रान्ति र प्रतिक्रान्तिको मुल कारण आन्तरिक नै हो । पार्टी भित्र क्रान्तिकारी बिचार र नेतृत्व, श्रमजीवी मेहनतकस जनताका प्रतिनिधिहरू हावि हुने र बिचारमा पनि हामीले उत्कृष्टता हाँसिल गर्न सक्ने हो भने नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न दुनियाको कुनै पनि साम्राज्यवादी बिस्तारवादी तागतले रोक्न सक्ने छैन । जसका लागि नेकपा भित्र बिधिका आधारमा बिविध प्रबृत्तिहरूको संघर्ष र रुपान्तरण अनि त्यस मार्फत क्रान्तिकारी बिचार र नेतृत्वको संश्लेषणबाट रूपान्तरण सहितको एकता अपरिहार्य छ जसले हामीलार्ई सहि दिशा तर्फ लैजान सक्छ । कार्यदलको पछिल्लो प्रतिवेदनले संघर्ष र रुपान्तरणको मार्गचित्र प्रष्ट पार्न नसकेपनि भाव संप्रेषण गर्न खोजेका कारण यसलाई सकरात्मक प्रयासका रुपमा बुझेर अघि बढनुको बिकल्प छैन ।

बिधि, नीति पद्धतिको संस्थागत बिकासबाटै सबै प्रकारका अराजकता रोक्न सकिने भएकाले कार्यदलको प्रतिवेदनलार्ई अघि बढन मद्धत गर्ने सन्दर्भ सामाग्रीका रुपमा बुझनु पर्दछ भन्ने लागेको छ । एकता, संघर्ष र रुपान्तरणको मार्ग फराकिलो बनाउनु नै यतिबेलाको आन्तरीक अभ्यास भएको र कोरोना संग जुध्दै देश र जनताका तत्कालीक समस्यामा केन्द्रित हुनु लाई नै प्रमुख कार्यभार मान्नुपर्ने भएको छ ।

(लेखकः सत्तारुढ नेकपाका काठमाडौँ जिल्ला कार्यालय सदस्य हुन् । )

वि.सं.२०७७ भदौ ९ मंगलवार ११:२९ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...