बिचार र कार्यदिशा सहि छ भने नभएका कुराहरू पनि प्राप्त हुन्छ र गलत भए भएका कुराहरू पनि गुम्छ ।
निरपेक्ष एकता र निरपेक्ष संघर्षको मान्यता किमार्थ माक्र्सवादी मान्यता हुन सक्दैन, अझ झन द्वन्द्ववादी त हुनै सक्दैन । माक्र्सवाद आफैमा एक गतिशिल बिज्ञान हो यस्को बिकास अपरिहार्य र अनिवार्य छ । परिवार, समाज र राष्ट्र हुदै विश्वव्यापी अन्तरबिरोधहरूको निरूपण र समाधान गर्न केवल माक्र्सवादले मात्र सिकाउछ । माक्र्सवादले दुनियाँ बुझ्न मात्र हैन दुनियाँ बदल्न सिकाउछ, त्यो पनि निश्चित माक्र्सवादी मुल्य, मान्यता, सिद्वान्त र परिधि भित्र रहेर यसले समाजलाई अग्रगमनतर्फ नै देखाइरहेको हुन्छ ।
जब सामाजिक अन्तरबिरोधमा फेरवदल आउँछ, ठिक त्यति नै बेला पार्टी भित्रको अन्तरबिरोधमा पनि फेरवदल आउने गर्छ । विद्यमान समाजिक अन्तरबिरोधहरूको पक्ष र बिपक्षहरू पार्टि भित्र पनि देखिने गर्छन नै । माक्र्स कालमा माक्र्सवादी कित्तामा पुँजीवादी प्रतिनिधि देखिने कुरा जस्तै, लेनिनकालमा बोल्सेभिक भित्रै जारशाहिका प्रतिनिधि देखिने कुरा जस्तै, माओकालमा माओकै पार्टीमा च्याङकाईसेक र कोमिन्ताङका प्रतिनिधि देखिने कुरा र नेपालकै सन्दर्भमा नेपाली जनता र दरबार बिचको अन्तरबिरोध देखिँदा रायमाझीका अनेकौ श्रृंखलाहरु जन्मने कुरा लगायतका यी सब तथ्यहरूले समाजमा विद्यमान अन्तरबिरोधको पक्ष र विपक्षहरू पार्टी भित्र रहिरहन्छन भन्ने कुराकै पुष्टि गर्दछन । अझ त्यो पनि नेतृत्व तहमा नै अभिव्यक्त हुन्छ ।
जब बाहिरको उत्पिडित र उत्पिडक बर्गको बिचमा भिषण अन्तरविरोध हुन्छ, पार्टी भित्र पनि समाजमा रहेको उत्पिडित बर्गको प्रतिनिधित्व गर्ने बिचार प्रभावी र नेतृत्व हावि रहन्छ भने त्यो बेला क्रान्ति सुनिश्चित हुन्छ । जब बाहिरको उत्पिडक बर्गको प्रतिनिधिहरू पार्टी नेतृत्वको तहमा हावि रहन्छन भने त्यति बेला प्रतिक्रान्ति नै हुन्छ जस्लार्ई रोक्न कठिन हुन्छ । हाल नेकपा भित्र पनि समाजमा विद्यमान अन्तरबिरोधको आधारमा पक्ष र बिपक्ष देखापरेको छ । जसरी यति बेला नेपाली समाज मुल रूपमा नेपाली श्रमजीवी जनता र दलाल नोकरशाही पँजीवादी तप्का बिचको अन्तरबिरोधको केन्द्रबाट गुज्रीरहेको छ ठिक त्यसै गरी नेकपा भित्र पनि सोही खाले अन्तरबिरोधको बिम्वहरू झल्कने गर्दछ। यो प्रष्ट छ की सामाजिक अन्तरबिरोधका आधारमा पार्टी अन्तरबिरोध मुक्त छैन र हुदैन ।
बिधि, नीति पद्धतिको संस्थागत बिकासबाटै सबै प्रकारका अराजकता रोक्न सकिने भएकाले कार्यदलको प्रतिवेदनलार्ई अघि बढन मद्धत गर्ने सन्दर्भ सामाग्रीका रुपमा बुझनु पर्दछ भन्ने लागेको छ ।
पार्टी भित्र ईमान्दार नेता कार्यकर्ताको सुनुवाई नहुने र पँहुच स्थापित नहुने तर दलाल नोकरशाही बर्गले पार्टी नेतृत्वलार्ई प्रभाबित पार्ने र पार्टी भित्र जबरजस्त पहुँच स्थापित गर्ने कुराले हामी क्रान्ति भन्दै भन्दै प्रतिक्रान्तिका आधारहरू स्थापित गर्दै त छैनौ भनि एक पटक निर्ममतापुर्वक समीक्षा गर्नु पर्ने मोडमा आईनै सकेका छौ । हामीले ठिक ठिक ढंगले बर्गिय दृष्टिकोण सहित पार्टी जीवनलार्ई गतिशिल रूपमा जनता सम्म पुर्याउने हो भने हामी भित्रै विद्यमान दलाल नोकरशाही चिन्तन परास्त हुने छ र क्रान्तिको सुन्दर बिजय सम्म हामीलार्ई पुर्याउने छ । पार्टीको बर्गिय दृष्टिकोण स्पष्ट नहुने, दलाल नोकरशाही पुजीपतिहरूसँग साँठगाँठ हुने र ईमान्दार नेता कार्यकर्ताहरू अपमानित भै बस्नु पर्ने अबस्था सृजना भएमा प्रतिक्रान्ति कुनै ताकतले रोक्न सक्दैन र हाल सम्मका उपलब्धिहरूको रक्षा गर्न सम्म पनि असम्भब हुने निश्चितै छ । तसर्थ माओले भन्नू भए जस्तै बिचार र कार्यदिशा सहि या गलत हुने कुराले नै सबै कुराको निधारण गर्छ । बिचार र कार्यदिशा सहि छ भने नभएका कुराहरू पनि प्राप्त हुन्छ र गलत भए भएका कुराहरू पनि गुम्छ । तसर्थ हामीलार्ई आजको दिनमा मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने एक क्रान्तिकारी बिचार र स्पष्ट कार्यदिशाको खाँचो छ । बिचार अनुरूपको क्रान्तिकारी पार्टी र संगठनको खाँचो छ जस्ले हामीलार्ई क्रान्ति सम्म पुर्याउने छ । यदी हामीले बिचारमा निखारता ल्याउन सकेनौ भने र बदलिएको राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरबिरोधको आधारमा माक्र्सवादको सृजनात्मक प्रयोग , बिकास र रक्षा गर्न सकेनौ भने हामीले आफै सम्पन्न गरेको क्रान्तिको रक्षा गर्न पनि सक्दैनौं र समाजवादी क्रान्तिको आधारहरूको बिकास गर्दै नेपाली क्रान्तिको बाँकि कार्यभारहरू पनि पूरा गर्न सक्दैनौं ।
क्रान्ति र प्रतिक्रान्तिको मुल कारण आन्तरिक नै हो । पार्टी भित्र क्रान्तिकारी बिचार र नेतृत्व, श्रमजीवी मेहनतकस जनताका प्रतिनिधिहरू हावि हुने र बिचारमा पनि हामीले उत्कृष्टता हाँसिल गर्न सक्ने हो भने नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न दुनियाको कुनै पनि साम्राज्यवादी बिस्तारवादी तागतले रोक्न सक्ने छैन । जसका लागि नेकपा भित्र बिधिका आधारमा बिविध प्रबृत्तिहरूको संघर्ष र रुपान्तरण अनि त्यस मार्फत क्रान्तिकारी बिचार र नेतृत्वको संश्लेषणबाट रूपान्तरण सहितको एकता अपरिहार्य छ जसले हामीलार्ई सहि दिशा तर्फ लैजान सक्छ । कार्यदलको पछिल्लो प्रतिवेदनले संघर्ष र रुपान्तरणको मार्गचित्र प्रष्ट पार्न नसकेपनि भाव संप्रेषण गर्न खोजेका कारण यसलाई सकरात्मक प्रयासका रुपमा बुझेर अघि बढनुको बिकल्प छैन ।
बिधि, नीति पद्धतिको संस्थागत बिकासबाटै सबै प्रकारका अराजकता रोक्न सकिने भएकाले कार्यदलको प्रतिवेदनलार्ई अघि बढन मद्धत गर्ने सन्दर्भ सामाग्रीका रुपमा बुझनु पर्दछ भन्ने लागेको छ । एकता, संघर्ष र रुपान्तरणको मार्ग फराकिलो बनाउनु नै यतिबेलाको आन्तरीक अभ्यास भएको र कोरोना संग जुध्दै देश र जनताका तत्कालीक समस्यामा केन्द्रित हुनु लाई नै प्रमुख कार्यभार मान्नुपर्ने भएको छ ।
(लेखकः सत्तारुढ नेकपाका काठमाडौँ जिल्ला कार्यालय सदस्य हुन् । )
वि.सं.२०७७ भदौ ९ मंगलवार ११:२९ मा प्रकाशित






























