back
CTIZAN AD

यो देश मुठीभरलाई स्वर्ग छ

वि.सं.२०७७ भदौ १० बुधवार

1.4K 

shares

आज आठ दशहजार व्यक्तिले देशको श्रोत र साधनमाथि रजाई गरिरहेका छन् । राजश्व भन्दा प्रशासनिक खर्च बढी हुंदै गर्दा शासक र प्रशासकहरु बिलासी गाडीमा सयर गर्दै र फजूल खर्च गरिरहेका छन्, जनतालाई खाडीमा छोडेर रित्तो जहाज उडाइरहेका छन् । यो हर्कत देख्दा हामी सामान्य जनताहरुलाई समेत लज्जाबोध भइरहेको छ । हाराकिरी गरौं जस्तो भइरहेको छ ।

एक कुशल राजनेताको लागि देशको उच्चतम पद जनताको सेवा गर्ने अवसर र जिम्मेवारी मात्रै हो । जनताहरु उसका प्यारा छोराछोरी हुन् र देशको माटो उसको शरीरको अंग जत्तिकै प्यारो चिज हो । राज्यकोष र श्रोत साधन जनताको नासो हो । तर एक कुलगांर नेता, एक देशद्रोही नेता, एक भ्रष्ट शासकका लागि जनता उसका दास र कमारा मात्रै हुन्, राज्यकोष उसको बाउको सम्पत्ति हो र देश रोटीको टुक्रा हो । राजकीय पदहरु विद्धान महोदयहरुको लागि होइनन्, भाइभारदार, हुक्के बैठकेहरुलाई दिइने बकस र टिप्स् हो । त्यही पद कुटुम्ब भन्दा बाहिरको मानिसलाई दिनु पर्ने भयो भने करोडौं रुपैयांमा बिक्री हुने गरेका छन् । पद किन्नेले पनि आफ्नो पैतृक सम्पति दिने होइन, देशै लुटेर सोधभर्ना लिने हो । अदालत देखि विश्वविद्यालयसम्म, संस्थान देखि अस्पत्तालसम्म, आयोग देखि परिषदसम्म यत्र तत्र सर्वत्र लुटतन्त्र मच्चिरहेको छ । यो आजको मात्रै कथा होइन २०४७ देखिकै परम्परा हो र आज पक्ष र प्रतिपक्ष एकजुट भएर राज्यकोष चाटिरहेका छन् ।

देशमा भएका ६० भन्दा बढी सार्वजनिक संस्थानहरु पंचायती व्यवस्थाको अवसान र प्रजातन्त्रको आगमन पछि यहांका शासकहरुले निजीकरणको नाममा धेरै बेचेर खाए कति कौडीको मोलमा कमिशन लिएर बन्द गरे, कतिपय घाटामा चलाइरहेका छन् । कुलमान घिसिग जस्तै योग्य प्रशासकहरु छनौट गरेर नियुक्ती गर्ने हो भने घाटामा गएका संस्थानहरु साझा यातायात, खाद्य संस्थान, आयल निगम, बायुसेवा निगम, गोरखापत्र संस्था, हेटौंडा सिमेन्ट आदि इत्यादि सयौं संस्थानहरुले कति रोजगारी सिर्जना गर्दथे, कति कर तिर्दथे, देशको बिकास हुने थियो ।

आज आठ दशहजार व्यक्तिले देशको श्रोत र साधनमाथि रजाई गरिरहेका छन् । राजश्व भन्दा प्रशासनिक खर्च बढी हुंदै गर्दा शासक र प्रशासकहरु बिलासी गाडीमा सयर गर्दै र फजूल खर्च गरिरहेका छन्, जनतालाई खाडीमा छोडेर रित्तो जहाज उडाइरहेका छन् । यो हर्कत देख्दा हामी सामान्य जनताहरुलाई समेत लज्जाबोध भइरहेको छ । हाराकिरी गरौं जस्तो भइरहेको छ ।

हामी कुन युगमा छौं, कस्तो चेतनाद्धारा शासित भएका छौं ? हिजो समाजबादको लागि कुर्वानी गर्न तयार लाखौंको फौज आज सत्ताको ¥याल खकार चाट्दै इतिहासको ब्याज खाइरहेको छ । हिजो भन्दा आज खराब अनि आज भन्दा भोली खराब हुने हो भने हाम्रो यात्रा कता तर्फ मोडिएको छ ? कि हामीलाई भोलीको डर छैन, हिजोको जनतासंग गरेको बाचा बन्धनले किन तर्साउंदैन, जनतासंग नडराउने मानिस कोसंग डराइरहेछ ? कुन शक्तिको सामू थर्थर कांपीरहेको छ ?

जनकबि जेबी टुहुरेको शब्दमा भन्ने हो भने आज पनि लाखौँ लागि उजाड छ यो देश, मुठीभरलाई स्वर्ग छ ।

हामी आज अत्यन्तै नाजूक अवस्थामा छौं, होला कसैको लागि आजको अवस्था सब ठीकठाक होला, तर आम जनता जसरी बाँचिरहेको छ, यो समय निकै भयानक छ, खतरनाक पनि छ ।

(घिमिरे, पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन् । )

वि.सं.२०७७ भदौ १० बुधवार १८:०१ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...