back
CTIZAN AD

सलमान खानलाई धम्की दिने ग्यांगस्टार नै सुरक्षा खोजीमा अदालत पुगेपछि…

वि.सं.२०७७ भदौ १० बुधवार

636 

shares

काठमाडौं । फिल्म अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएर चर्चामा आएका ग्यांगस्टार लोरेस बिश्नोई आफैं नै ज्यानको सुरक्षा खोजी गर्दै अदालत पुगेका छन् । भारतीय अनलाईन जागरणले जनाएअनुसार हरियाणा पुलिसको फर्जी इन्काउन्टरमा पर्ने डरले बिश्नोई अदालत पुगेका हुन् ।

उनले पञ्जाब एंव हरियाणाको उच्च अदालतमा ज्यान सुरक्षाको निवेदन दिएका छन् । निवेदनमा बिश्नोईले गत २१ जुलाईमा हरियाणा पुलिसले आफुँविरुद्व सिरसा र डबवाली हत्याको विषयलाई जोडेर मुद्दा दर्ता गरेको र त्यहिँ मुद्दाका आधारमा आफुँलाई वारेन्टमा लिएर इन्काउन्टर गर्न चाहेको कुरा खुलाएका छन् । उनले निवेदनमा हरियाणा पुलिसले नक्कली मुठभेड बनाएर आफुँलाई मार्न सक्ने भन्दै सुरक्षा मागेका छन् ।

बिश्नोई हाल राजस्थानको भरतपुरस्थित केन्द्रीय जेलमा सजायँ काटिरहेका छन् । उनले फिल्म अभिनेता सलमान खानलाई सन् २०१८ मा ज्यान मार्ने धम्की दिएका थिए । उनीविरुद्व त्यससमय जोधपुर अदालतमा मुद्दा चलेको थियो । पुलिस हिरासमै रहेको बेलामा सञ्चारमाध्यमसँगको अन्तरवार्तामा उनले खानलाई धम्की दिएका थिए ।

राजस्थानलगायतका धेरै राज्यहरुमा बिश्नोईको अवैध धन्द चल्ने गरेको छ । बिश्नोईमाथि जबरजस्ती चन्दा, हत्या र गोली हानेर मान्छे मारेको आरोप छ ।

वि.सं.२०७७ भदौ १० बुधवार १८:१२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...