११ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७ सय ४९ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ६ सय ६९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७५ हजार ९ सय ९५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १७ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या २ करोड ४३ लाख ३२ हजार १ सय ७ पुगेको छ भने ८ लाख २९ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:४७ मा प्रकाशित




























