११ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा आजमात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् भने एक महिलाको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशालयले जनाएको छ ।
निर्देशनालयलका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पछिल्लो पटकको परीक्षणमा थपिएकामा नवलपरासीपूर्वको गैडाकोट वडा नं ३ का ४५, ५६ र ६२ वर्षीय ३ पुरुष, २ का ५१ र २९ वर्षीया महिला, ७ का २५, ५०, ५० र २९ वर्षीया महिला, १ का ३ वर्षीय बालक र ३६ र ३८ वर्षीया महिला, २ का ४२ वर्षीय पुरुष, १३ का २४, ३१ र ४० वर्षीय पुरुष तथा ५ का ३० वर्षीय पुरुष संक्रमित भएका छन् ।
त्यस्तै कावासोति नगरपालिका वडा नं २ का ४५ र ४८ वर्षीय २ पुरुष र ३३ वर्षीया महिला, ३ का २३ र ६५ वर्षीया महिला, १४ की २२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी विनय त्रिवेणी नगरपालिका ६ का २३, ३० र ७५ वर्षीया महिला, १६ का ४० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ५२ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २००५ पुगेको छ ।

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७७ पुग्यो
वि.सं.२०७७ भदौ ११ बिहीवार १५:५४ मा प्रकाशित




























