back
CTIZAN AD

ट्रम्पको उम्मेदवारी मनोनयनसँगै सुरु भयो अमेरिकामा चुनावको माहौल

वि.सं.२०७७ भदौ १३ शनिवार

687 

shares

१३ भदौ, वासिङ्टन, (रासस/एपी) । रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ ।

यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी भएका छन् ।

ह्वाइट हाउसको परिसरमा स्थानीय समय अनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाएका थिए ।

एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरे ।

कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताए ।

अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरेका थिए । तर यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनै पर्ने अवस्था छ, उनले भने ।

उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पु–याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताए । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरेका छन् । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको समेत बताएका थिए ।

अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाएका छन् । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहेका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान शुरु गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको खोप चाँडै उपलब्ध हुने बताउँदै कोरोनाभाइरस महामारीमा विजय हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । चार दिनसम्म चलेको रिपब्लीकन पार्टीको अधिवेशनमा बोल्ने अधिकांश वक्ताले पनि कोरोनाभाइरस महामारी अब इतिहास भइसकेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई अतिवादीको घेरामा परेको बताउँदै डेमोक्र्याटले चुनाव जिते मुलुकमा अस्थिरता बढ्ने, कर वृद्धि हुने, अर्थतन्त्र ध्वस्त हुने तथा चीनजस्ता मुलुकले अमेरिकी रोजगारी खोस्ने बताएका थिए ।

जो बाइडेनको “खोक्रो सहानुभूति” प्रति व्यंग्य गर्दै राष्ट्रपति ट्रम्पले मिसिगन, ओहायो, न्यू ह्याम्पसायर, पेन्सिलभेनियाका रोजगारी गुमेका कामदारले बाइडेनका कुरा सुन्नुको साटो आफ्नो गुमेको रोजगारी चाहेको बताए ।

यसैबीच जो बाइडेनले ट्वीट गर्दै भनेका छन्, “डोनाल्ड ट्रम्पले नाम लिएका देशभित्रका सबै हिंसाका लागि ट्रम्प नै दोषी छन् । यो उनकै कार्यकालमा भएको छ । राजनीतिक फाइदाका लागि ट्रम्पले हिंसाको सहारा लिएका छन् ।”

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...