back
CTIZAN AD

कविता: निराश निराश निसारता

वि.सं.२०७७ भदौ १३ शनिवार

2.4K 

shares

जीवन मुस्कानका पत्रपत्रमा
हिउँ बनेर जमिरहेका छन्
कमलको फूलमा मोती झै टल्कने
शीतका थोपाहरु ;
दिलको आँसु बनेर ।
डसीरहेको छ
निराश निराश समय ।

कल्पना जलिरहेको चितामा
जिउँदै
मुर्दा हुँनुको पीडा सहनुछ ।
दिलको शान्त बगैंचामा
हुर्हुर्ती डढेलो लागेको बेला
बिरुप समय
उल्टै तेजाब खन्याउँछ ।
सकी नसकी उठाउँनुछ
जिन्दगीको थेगिनसक्नु भार ।
लाग्छ-सारा ब्रमाण्ड
टाउकोलाई केन्द्रीय वृत्त बनाएर
आफ्नै थाप्लो माथि
फनफनी घुमिरहेको छ ।

बीभत्स युद्धको
महात्रासदी मात्र कहाँ हो र !!
घात–प्रतिघातको चित्कारमा उठेका
आर्त स्वरहरुको हाहाकार सुन्ने
सामर्थ्य राख्नु छ ।
च्यात्नु छ
घोर निराशाको अन्धकार प्रहर ।
छिचोल्नु छ
आँसुमा डुबेका निर्मम रातहरु ।

फगत एक्लो
निरस निरस-निसार समयमा
सूर्यका किरणले पनि
अँध्यारो प्रकाश विछ्याउँछन् ;
निभेको छ
हृदयमा प्रज्वलित दीप ।
निराशाको कुइरिमण्डल धूवाँले
ढाकेको छ ढपक्क
आशाको प्रकाशमय आकाश ।

ए ! दुनियाँ !!
चरम जलन सहेको देखेर
पीडापनि द्रवीभूत हुँनेछ
दुःख
आत्मग्लानीमा छट्पटाउँने छ ।
सहनु छ
जीवनका कहालीलाग्दा
अग्निस्पर्शका झुल्स्याउने
चरम यातनापूर्ण
अनगिन्ती-जहरिला निष्ठुर प्रहरहरु ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...