
लोभ मनुष्यको मीठो बिकार जसमा उ बस्दछ
गुलियोको लागि जसरी कमिला चिनीको चास्नीमा फस्दछ
धनको लोभमा परेर मनुष्य जीवन भर गुनगुनाउँछ
घुसखोरी, कालाबजारी र शोषणमा उ भुनभुनाउँछ
लोभी पापी मनुष्य सँधैँ अतृप्त र असन्तुष्ट हुन्छ
ईष्र्या र द्वैषको आगोले सधैँउसलाई छुन्छ
शान्ति र सन्तोष हुँदैन मनमा धन मात्र छुनेछ
दुःख पाई लोभी जनले दुःख दिन्छ कंगाल हुनेछ
धनको अन्धो नबन मनुष्य पेट त पाल्नुछ
उचित अनुचित बिश्लेषण गर दियो त बाल्नुछ
लोभको सँस्कार झाँङ्गिदै जान्छ बुढ्यौलीले छुन्छ
मान्छे बूढो हुँदा त तृष्णा झनै जवान हुन्छ
ईश्वर यादमा रहेर सँधै आत्मिक बल प्राप्त गर
पेटीमा जम्मा गर्न होइन
मनुष्य पेट पाल्न शुद्द कमाई भर
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०९ मा प्रकाशित






























