back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ १३ शनिवार

705 

shares

 

धुकधुकीमा अलिकति सास अझै बाँकी नै छ;
बिछोडमा मिलनको आश अझै बाँकी नै छ ।

जगदेखि नै भत्किएछन् सपनाका महलहरु ;
हृदयमा खण्डहर त खास अझै बाँकी नै छ ।

बेलाबेला उर्लिदिने समुद्रका छालहरू झै ;
मनभित्र झझल्को एक नाश अझै बाँकी नै छ ।

पलपलमा नै आँशु बगाई पखालेर धोएपनि ;
मुटुभित्र निष्ठुरीको वास अझै बाँकी नै छ ।

साथ दिने कसम खाई एक्लै छोडी गएपनि;
निर्मोहीको छायाँ आस पास अझै बाँकी नै छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...