back
CTIZAN AD

कविताः तिमी

वि.सं.२०७७ भदौ १३ शनिवार

1.3K 

shares

तिमी सुवास स्वच्छ हौ सुपुष्प मन्जरी तिमी ।
तिमी प्रकाश पुञ्ज हौ सुरम्य माधुरी तिमी ।।
तिमी प्रभात लालिमा र साँझ गोधुली तिमी ।
तिमी सुसौम्य रात हौ सुपात्र चाँदनी तिमी ।।१।।

तिमी सु-राग बाँसुरी मृदङ्ग ताल हौ तिमी ।
तिमी सु-वाद्य तान्पुरा मिठो सितार हौ तिमी ।।
तिमी सुगन्ध कस्तुरी सुप्रेमकी घटा तिमी ।
तिमी पराग पुष्पकी वसन्तकी छटा तिमी ।।२।।

तिमी बतास गृष्मकी अतृप्त प्यास हौ तिमी ।
तिमी गुलाव कोपिला सदृष्य आश हौ तिमी ।।
तिमी अदृष्य चाहना सचित्र कल्पना तिमी ।
तिमी अमोघ सिर्जना पवित्र भावना तिमी ।।३।।

तिमी सुशोभ्य रत्न हौ सुवर्ण मालिका तिमी ।
तिमी समुन्द्रकी मुगा प्रदीप्त मल्लिका तिमी ।।
तिमी हिमालकी नदी पहाड कन्दरा तिमी ।
तिमी मधेश फाँट हौ सुपुज्य मन्दिरा तिमी ।।४।।

तिमी हरेक शव्दमा सुयोग्य अर्थमा तिमी ।
तिमी अनेक श्लोकमा विभिन्न सर्गमा तिमी ।।
तिमी महान काव्यमा सुवाच्य छन्दमा तिमी ।
तिमी हरेक लेखमा कथा निवन्धमा तिमी ।।५।।

तिमी बगान बाग हौ र खेतका गरा तिमी ।
तिमी सजीव मातृका पियूषकी घडा तिमी ।।
तिमी सुपुज्य जानकी सुसौम्य राधिका तिमी ।
तिमी उमा सरस्वती अदम्य साधिका तिमी ।।६।।

छन्द-पञ्च चामर

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...