काठमाडौं । पूर्वी लद्दाखमा भारतीय सेना र चिनियाँ सेनाबीच फेरि झडप भएको छ । भारत सरकारले दुई पक्षबीच झडप भएको पुष्टी गरेको छ । भारतीय पक्षले सीमा क्षेत्रको नियमलाई चिनियाँ सैनिकले उल्लंघन गर्दै भारत तिर घुसपैठ गरेपछि झडप भएको दाबी गरेको छ ।
जनाइएअनुसार दुई पक्षबीच शनिबार रातदेखि निरन्तर झडप छ ।
भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भारतीय सेनाका कर्नेल अमन आनन्दले २९ अगस्टको रात चिनियाँ सेनाले सैन्य र राजनीतिक सम्झौतालाई उल्लंघन गर्दै भारतीय सीमामा प्रवेश गरेको बताएका छन् । उनका अनुुसार चिनियाँ सैन्य समुहको उक्त हरकतलाई भारतीय सेनाले जवाफ फर्काएको थियो ।
Indian troops pre-empted this PLA activity on the Southern Bank of Pangong Tso Lake, undertook measures to strengthen our positions and thwart Chinese intentions to unilaterally change facts on ground: Col Aman Anand, PRO, Army https://t.co/oTQNAw5ebr
— ANI (@ANI) August 31, 2020
यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो । उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् ।
यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो । उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् ।
भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी गर्दै आएको छ ।
भारतीय र चिनियाँ सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन् ।
वि.सं.२०७७ भदौ १५ सोमवार १२:२८ मा प्रकाशित






























