back
CTIZAN AD

कविता : म पुस्तक

वि.सं.२०७७ भदौ १५ सोमवार

2.2K 

shares

प्याट प्याट चप्पल बजाउँदै
मेरो समिपै आउँदै गरेका ती नानीहरुका चिच्याहट
अति मधुर संगित झैँ लाग्दथ्यो।
हिँड्न सक्दिनथेँ, दौडिन सक्दिनथेँ
तर जुरुक जुरुक हुन्थ्यो यो मन।
हात पाउ नभएनि दौडेर उनका हातमा बसुँ बसुँ हुन्थ्यो
ती कलिला नयनको स्पर्श पाउँदा आफै बासस्थानबाट खसुँ खसुँ हुन्थ्यो
खुसिले गदगद हुँदै मलाई सुम्सुमाउँदा
काखमा लिएर थुमथुमाउँदा
महिनौ देखि कोठामा थुनिएर रहेको जीउ
टक टक टकटकाउँदै बोकेर लैजान्थे
खुसिले म बाहिर भाग्छु कि भनी छोपेर लैजान्थे
झोला भित्रैबाट शुन्दर प्रकृतिको रसस्वाद
अनि घरमा पुगेर सपरिवारले मलाई सुमसुम्याउँदा
यो मन,यो जीउ तनक्क तन्कन्थ्यो
मलाई बाचन गर्दाका मधुर वाणिले गाउँ नै घन्कन्थ्यो।
तर आज,
ताला लगाएर र्याक भित्र म थुनिएको आधा वर्ष वितिसक्यो
मेरा नानिबाबुको सट्टा किरा फट्याङ्ग्रा भित्रिसक्यो
फलामे जालहरुले मलाई जेलिरहेछन दिनहुँ
माकुरे सिपाहि जीउभरि खेलिरहेछन दिनहुँ ।
न कुनै प्रकाश,न कुनै आवाज
किन यो कठोर सजाएँ भोग्दैछु म आज
जेलभित्रै बसेर भएनि,विलौना पोख्दैछु म आज।

(पुस्तकालय दिवशकाे अवसरमा)

वि.सं.२०७७ भदौ १५ सोमवार १२:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...