back
CTIZAN AD

पञ्च प्रधानमन्त्री विष्टप्रति कम्युनिष्ट नेताको यो श्रद्धा

वि.सं.२०७७ भदौ १५ सोमवार

1.3K 

shares

पूर्वप्रधानमन्त्री किर्तिनिधि विष्टको राष्ट्रवादी छवि, अडान र व्यवहारप्रति नतमस्तक हुँदै नेपाली कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेता चीनका लागि पूर्व राजदूत टंक कार्कीले श्रद्धा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :
हिउँदको महिना २००९ मा म चीनको कुइलिनमा थिएँ । मैले सूचना पाएँ, पूर्वप्रधानमन्त्रि किर्तिनिधि बिष्ट भोलि बिहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ । म पेसागत कुटनीतिज्ञ थिइन तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमा राखेर काम गर्नु कुशलता होइन । नैतिक मुल्यको प्रदर्शन पनि हो कुटनीति । उनलाई स्वागत गर्न बेलुकै गाडीमा त्यतातिर हाकिएँ ।

मेरो रातो पासपोर्ट भएकाले बिना झन्झट भित्र छिर्न दिए । उनको जाँच भईरहेको बेलामा संकोचसहित ट्वाल्ल परेर हेरेको देखेर होला जाँचकै क्रममा उनले भने, ‘म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन । मैले साधारण नागरिक सरह जिउनु पर्छ । मलाई पनि रातो पासपोर्ट दिन्थे होलान् तर मैले त्यो आसक्ति देखाइन ! उनको यो जीवन मूल्य, तामाशशुन्य जीवन मेरो दिमागमा उपस्थित नेताभन्दा आनका तान भिन्न थियो ।

विहान मिरमिरेमा बल्ल एयरपोर्ट पुगेँ । नेपालबाट आएको चाइना साउदर्नको स्थिति बुझें । प्लेन आईसकेको रहेछ र चेकिङ्ग अझै भई नसकेको । मैले त्यसै प्लेनको हत्त न पत्त टिकट काटेँ र चेकिङ्ग तिर अघि बढें । अब मेरा नजर यता उता किर्तिनिधि बिष्टको खोजीमा ब्यग्र थिएँ । अन्ततः एउटा कोठामा अरु दुई जना नेपाली साथिका साथमा बसिरहेको देखें । फुरुङ्ग हुँदै भित्र पसें र नमस्कार गरें । आश्चर्यचकित हुँदै उनि उठे र ‘तपाई पनि यहाँ ?’ भन्दै अँगालो हाले । म फगत तपाईलाई नै स्वागत गर्न आएको भन्दै सारा बेलीबिस्तार लगाएँ । सायद उनलाई पत्याउन गाह्रो थियो । तैपनि नियति यहीं थियो । एकै छिनमा चेकिङ्गको सूचना आयो र हामी त्यतै तिर लाग्यौं । उनले हरियो पासपोर्ट गोजीबाट निकाले र सुरक्षा अधिकारीलाई देखाए, क्रस बनाएर तिनले जाँच गरे । मेरो रातो पासपोर्ट भएकाले बिना झन्झट भित्र छिर्न दिए । उनको जाँच भईरहेको बेलामा संकोचसहित ट्वाल्ल परेर हेरेको देखेर होला जाँचकै क्रममा उनले भने, ‘म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन । मैले साधारण नागरिक सरह जिउनु पर्छ । मलाई पनि रातो पासपोर्ट दिन्थे होलान् तर मैले त्यो आसक्ति देखाइन ! उनको यो जीवन मूल्य, तामाशशुन्य जीवन मेरो दिमागमा उपस्थित नेताभन्दा आनका तान भिन्न थियो ।

मेरो उनीसंगको यो दोश्रो भेट थियो । राजदूत भएर बेजिङ्ग जानु अघि म उनका सुझाव र सल्लाह लिन पहिलो पल्ट उनको निवासमा पुगेको थिएँ । भेट्नु अघि मैले ‘पन्च नेता’को जुन शान शौकात सोचेको थिएँ सब उल्टो सामान्य, मध्यम वर्गीय परिवार । ठ्याक्कै उस्तै भन्न मिल्ने लोकेन्द्र बहादुर चन्दको । चन्द जब बोल्छन्, लाग्छ, अर्काे पक्षलाई आग्रह गरिरहेका हुन्छन्, छालको आवाज भन्दा उँचो स्वरले बोल्नु हुँदैन, किन भने त्यसको मोहकता भंग हुन्छ । प्रशान्त उनि । बिष्ट भिन्न थिए, जब उनि बोल्थे आगो उकेली रहेका हुन्थे । विद्रोही उनि ।

भेट्नु अघिका बिष्टका ममा दुईटा प्रभाव थिए । नेपालबाट भारतीय सैनिक चेक पोष्ट हटाउन उनले स्तुत्य अग्रसारिता देखाएका थिए । ‘भारतीय विस्तारवाद’ को विरोधमा हुर्केकाहरु समेत लम्पसार परेको परिप्रेक्षमा उनको त्यो कदम लर्तरो कदापि होइन – एक स्वतन्त्र राष्ट्रको गरिमा प्रतिदानको रुपमा उनले हामीलाई छोडेर गएका छन् । अर्को कुरा, २०३० साल असार २५ मा सिंह दरवारमा आगजनी हुँदा उनले नैतिकताको आधारमा राजिनामा दिए । त्यो घटना स्मरण गर्दै उनले मलाई बताएका थिए, ‘राजाले फिर्ता लिन भन्दै भनेका थिए, ‘तिम्रो के दोष र ?!’ तर मैले मानिन्न । लालची राजनीतिक दुनियाँमा यो निस्प्रियता आफैमा लरतरो कुरो हो र ?!

विहानको ११.३० तिर हामी बेजिंग अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लियौं । त्यहाँ उनलाई लिन न कुनै चिनियाँ थिए न आफन्त नै । हामी संगै निस्क्यौं र मैले उनलाई दूतावास नजिकै उनका नातिकहाँ छोडी दिएँ । भोलि पल्ट उनलाई सियान जानु थियो । मैले आफै गएर एयरपोर्ट सम्म छोडे र पछि लिन पनि पुगें । सियानाबाट फर्के पछि चिनियाँ जन राजनीतिक परामर्शदात्री सभा (माथिल्लो सदन) का उपाध्यक्षले उनको सम्मानमा रात्रि भोजको निम्ति निम्त्याएका थिए । हामी दुई जना थियौं । उनले मित्रता खातिर आफ्नो मुलुकलाई विना हिचकिचावट दिल फुकाएर सहयोग गर्न जुन लवज र साहसका साथ कुरा गरे त्यो साहस ‘औपचारिकता’ भित्र हुनै सक्दैन । राष्ट्रप्रतिको अगाध प्रेमले उनमा त्यो साहस आएको हुन सक्छ । उनको देश भक्ति प्रति मैले आफ्नो शिर निहुर्याएको छु ।

वि.सं.२०७७ भदौ १५ सोमवार १२:३० मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...