back
CTIZAN AD

पहाड फोडेर गोरेटो बाटोको ट्रयाक खोल्दै नेपाली सेना

वि.सं.२०७७ भदौ १६ मंगलवार

960 

shares

१६ भदौ,दार्चुला । नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।

भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”

“अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो” -विनोदसिंह बुढाथोकी, सचिव, व्यास गाउँपालिका वडा नं १ 

उनले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्ययाक खोल्ने काम भइरहेको बताए । त्यहाँ कडा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिंकर सडक योजना र घाँटीबगर–तिंकर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् । व्यासको छांगरु र तिंकरमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताए ।

“अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो”, बुढाथोकीले बताए ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । उनीहरुले अहिलेसम्म नेपाल सरकारले व्यास पुग्ने बाटो निर्माणमा महत्व नदिँदा व्यासीले समस्या झेल्नुपरेको व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले बताए । पञ्चायतकालमा भारतीय नागरिक पनि नेपालकै यही गोरेटो बाटो भएर व्यासहुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका उनले सुनाए ।

व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न चिसो ठाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः कार्तिकमा खलंगा झर्ने तयारी हुन्छ । विगतमा उनीहरुले भारतीय बाटोहुँदै गाउँ जाने गरेका थिए । व्यासको छांगरु र तिंकर पुग्न नेपाल तथा भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता थियो । नेपाली भूमि भएर घोरेटो बाटोको ट्ययाक खुलाउन सके स्थानीयले आफ्नै भूमि भएर बरु चार दिन लगाएर भएपनि आवतजावत गर्ने ऐतवाल बताउँछन् ।

सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडकखण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएको थिएन । एक सय ३४ किलोमिटर लम्बाई रहेको उक्त लोकमार्ग चीनको सीमा नजिक तिंकर भञ्जाङसम्म पुग्छ । उक्त लोकमार्ग निर्माणको १२ वर्ष पुग्दा मुस्किलले ४७ किलोमिटर सडकको ट्ययाक खोलिएको छ ।

भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी दुई लेनको सडक निर्माण भइरहेको छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले चार दिन लाग्छ । चार दिन लाग्ने गोरेटो बाटो पनि कठीन छ र बीचमा राति बास बस्ने ठाउँको अभाव छ । घाँटीबगरमा बाटो सञ्चालन भए पनि तम्बाकु, कल्जुलगायतका क्षेत्रमा अहिले घोरेटो बाटो अवरुद्ध रहेको वडासचिव बुढाथोकीले बताए । (रासस)

वि.सं.२०७७ भदौ १६ मंगलवार ०९:०५ मा प्रकाशित

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...