काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद पार्टी विभाजन तहसम्म पुग्दै गर्दा पार्टी उपाध्यक्षसमेत रहेका बामदेव गौतमले खेलेको भूमिका सराहनीय देखिन्छ । पार्टी विभाजन उन्मुख विवादलाई सामान्यकृत गर्दै गौतमले नेकपाभित्रको राजनीतिलाई नै सहमतीय धारमा डोर्याउने काम गरेका छन् । उनले राखेको ६ बुँदे प्रस्तावकै सेरोफेरोमा विवाद समाधान कार्यदलले पनि सुझाव दिएको छ ।
तर, पार्टीभित्रको विवादलाई समाधान उन्मुख बनाउन महत्वपूर्णं भूमिका खेलेका बामदेव आज आफैं किनारा लाग्ने अवस्थामा पुगेका छन् । पार्टीभित्रको रस्साकस्सीमा उनलाई किनारा लगाउने गरि डिजाइन बनाउनसमेत थालिएको देखिन्छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद आफ्नो प्रतिकुलमा चल्दा गौतमलाई प्रधानमन्त्री बनाउनेसम्मको प्रस्ताव अघि सारेका थिए । पार्टीभित्रको बहुमत पक्ष आफ्नोविरुद्वमा जाईलाग्ने अवस्था आएपछि उनले गौतमलाई विभिन्न अफर दिएर लोभ्याउने प्रर्यत्नसमेत गरे । तर, आज पार्टीभित्र गरिएको सर्वसम्मत निर्णयलाई समेत उनले लत्याउँदै गौतमको विकल्प खोज्न थालेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद आफ्नो प्रतिकुलमा चल्दा गौतमलाई प्रधानमन्त्री बनाउनेसम्मको प्रस्ताव अघि सारेका थिए । पार्टीभित्रको बहुमत पक्ष आफ्नोविरुद्वमा जाईलाग्ने अवस्था आएपछि उनले गौतमलाई विभिन्न अफर दिएर लोभ्याउने प्रर्यत्नसमेत गरे । तर, आज पार्टीभित्र गरिएको सर्वसम्मत निर्णयलाई समेत उनले लत्याउँदै गौतमको विकल्प खोज्न थालेका छन् ।
राष्ट्रियसभामा लैजाने सर्वसम्मत निर्णय ६ महिनादेखि अलपत्र
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पार्टीभित्रको सर्वसम्मत निर्णय हो । ६ महिना अगाडि अर्थात् २०७६ फागुन १० मा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन राष्ट्रिय सभा सदस्यको रिक्त पदमा गौतमलाई पठाउने निर्णय गरेको थियो । ओलीसमेत सहभागी भएको सचिवालय बैठकमा उक्त निर्णय सर्वसम्मत गरिएको थियो ।
तर, उक्त सर्वसम्मत निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् । कार्यान्वयन पक्षमा जान नसकेको निर्णय प्रधानमन्त्रीसमेत रहेका ओलीको अपव्याख्यासँगै झनै बल्झिँने अवस्थामा पुगेको छ ।
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पार्टीभित्रको सर्वसम्मत निर्णय हो । ६ महिना अगाडि अर्थात् २०७६ फागुन १० मा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन राष्ट्रिय सभा सदस्यको रिक्त पदमा गौतमलाई पठाउने निर्णय गरेको थियो ।
गौतमलाई होइन खतिवडालाई अघि सार्ने ओलीको योजना
ओलीले पार्टीभित्रको राजनीतिक आफ्नो प्रतिकुलमा जाँदा गौतमलाई विभिन्न अफर देखाए पनि सहयोग गर्ने अवस्थामा भने पन्छिन खोजेका छन् । उनले पार्टीभित्रको सर्वसम्मत निर्णयलाई समेत उल्ट्याएर गौतमलाई नभई राष्ट्रिय सभा सदस्यमा हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने योजना अघि सारेका छन् ।
केहि दिन अघि एक टेलिभिजन अन्तरवार्ताको क्रममा पनि उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषय ‘समाप्त’ भईसकेको टिप्पणी गरेका थिए । ओलीले भनेका थिए, ‘एक पटक राष्ट्रिय सभामा लैजाने निर्णय सचिवालयले गरेको थियो । तर उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । र, उहाँ त्यसरी नजाने भनेपछि त्यो निर्णय उतिबेलै समाप्त भयो ।’
ओलीले उक्त अन्तरवार्ताको क्रममा खतिवडाको निकै प्रशंसासमेत गरेका थिए । घुमाउरो पाराले खतिवडालाई नै निरन्तरता दिइने बताएका उनले तत्काल ‘खतिवडाको विकल्प’ नभएको अभिव्यक्ति दिएका थिए ।
पार्टीभित्र गौतमले रडाको मच्चाउने संकेत
ओलीले सर्वसम्मत निर्णयको विरुद्वमा अभिव्यक्ति दिन थालेपछि पार्टी उपाध्यक्ष गौतम निकै आक्रामक देखिएका छन् । गौतमले ओलीलाई ‘सर्वसम्मत निर्णयबाट यताउता गर्न नपाईने’समेत चेतावनी दिएका छन् । केही सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले ६ महिना अगाडिको सर्वसम्मत निर्णय लागु गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।
पार्टीभित्रको विवादलाई समान्यकृत बनाउन अहम भूमिका खेलेका गौतमलाई नै किनारा लगाउने गरि पेल्न थालिएसँगै पार्टीभित्र नयाँ रडाको मच्चिने देखिएको छ । पार्टीभित्र बन्दै गरेको सकारात्मक माहोल गौतमकै कारण बिग्रिनसमेत सक्ने सम्भावना औंल्याउन थालिएको छ ।
पार्टीभित्रको विवादलाई समान्यकृत बनाउन अहम भूमिका खेलेका गौतमलाई नै किनारा लगाउने गरि पेल्न थालिएसँगै पार्टीभित्र नयाँ रडाको मच्चिने देखिएको छ । पार्टीभित्र बन्दै गरेको सकारात्मक माहोल गौतमकै कारण बिग्रिनसमेत सक्ने सम्भावना औंल्याउन थालिएको छ । कतिपयले खतिवडालाई ख्याकी च्याप्ने ओलीको योजनाले निकै घाटासमेत पुग्ने विश्लेषण गर्न थालेका छन् ।
वि.सं.२०७७ भदौ १६ मंगलवार १३:३५ मा प्रकाशित























