back
CTIZAN AD

गण्डकी प्रदेशमा १४ दिने बालकसहित ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२०५ पुग्यो

वि.सं.२०७७ भदौ १६ मंगलवार

744 

shares

१६ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा १४ दिने बालकसहित थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिठानमा गरिएको परीक्षणमा लमजुङका २६ जना, नवलपुरका १० जना, बागलुङका १ र कास्कीका २ जना गरेर ३९ जना संक्रमित थपिएका हुन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामा लमजुङ बेसीशहरको सामुदायिक अस्पतालमा उपचाररत १४ दिने नाबालकसहित ५५, २६, २२ वर्षका पुरुष र २८ वर्षीया महिला गरेर ५ जना, वेसीसहरमा कार्यरत ५३, ३०, २८, २६, २५, २२, ३७, २३ वर्षीय परुष र २२ वर्षीया महिला पनि संक्रमित भएका छन् । साथै बेसीशहर ७ का ३०, २८, ३०, ४३, ४५,२८,२६ र ५१ वर्षीया महिला र ३०, १६ र ३८ वर्षीय पुरुष गरी जम्मा २६ जना संक्रमित भएका हुन् ।

त्यसैगरी नवलपुर (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी १ की ११ वर्षीया बालिका र २६ वर्षीय पुरुष, १३ का १४ र ५० वर्षीया महिला, देवचुली १६ की ६ वर्षीया बालिकासहित ५५ र २७ वर्षीया महिला, १ का ५३ वर्षीय पुरुष र २४ वर्षीया महिला संक्रमित भएका छन् ।

त्यसैगरी बागलुङ १० का २५ वर्षीय पुरुष, पोखरा महानगरपालिका ६ का ४५ वर्षीया महिला र १३ का २४ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।

आज थपिएका ३९ जनासँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या २२०५ पुगेको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...