१८ भदौ, काठमाडौं । भरतपुर अस्पतालले मिडवाइफ अधिकृत कर्मचारीको माग गरेको छ ।
अस्पतालमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवाका लागि ‘अस्पतालमा मिडवाइफ परिचालन सम्बन्धी कार्यविधि-२०७६ बमोजिम देहाय बमोजिमका कर्मचारीहरुको माग गरेको हो ।
करारमा चारजना कर्मचारीको माग गरेको उक्त अस्पतालले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्रमा आवेदन दिन आव्हान गरेको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १०:२० मा प्रकाशित




























