back
CTIZAN AD

दलहरु नरमः केही समय अझै माग

वि.सं.२०७३ पुस १९ मंगलवार

1.2K 

shares

१९ पुस,काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकका बारेमा सर्वाेच्च अदालतबाट भएको पछिल्लो निर्णयले घनीभूत छलफलको आवश्यकता औँल्याएको भनी दलहरुले समय माग गरेको हँुदा संसद्को बैठक केही दिन पछि सारिएको बताउनुभएको छ ।

संसद्को बैठक स्थगनपछि आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो – “अदालतको निर्णय आएपछि नेताहरु बिस्तारै नरम हुनुभएको छ, हिजोको गरमपना हटेको छ, सबै मिलौँ भन्ने नै छ, अदालतको फैसलाले एउटा सकारात्मक वातावरण बनाएको छ ।”

अदालतले विधेयकका बारेमा निर्णय आफँै गर्ने अधिकार संसद्को हो भन्ने स्पष्ट ढङ्गले भनेको बताउँदै सभामुख घर्तीले दलहरुबीच सहमतिबाहेक अर्काे विकल्प छैन भन्नुभयो ।

छलफलमा प्रमुख प्रतिपक्षलगायत दलले सदनको अर्काे बैठक अवरोधका बीचमा अघि लैजानु नपरोस् भन्नाका लागि अदालतको फैसलालाई समेत ध्यानमा राखेर घनीभूत छलफल अघि बढाउन केही दिनको समय चाहिएको बताएका थिए ।

सभामुख घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतकसँगको छलफल र परामर्शबाट आजको बैठक स्थगन गरेर यही पुस २४ गते बैठक राख्ने निर्णय गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष लगायत दलहरुले संविधान संशोधन विधेयकको विरोधमा यही पुस २२ गते यहाँ आमसभासमेत गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । रासस

वि.सं.२०७३ पुस १९ मंगलवार ०८:४६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...