back

दलहरु नरमः केही समय अझै माग

वि.सं.२०७३ पुस १९ मंगलवार

678 

shares
GLOBAL IME AD
NTC AD

१९ पुस,काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकका बारेमा सर्वाेच्च अदालतबाट भएको पछिल्लो निर्णयले घनीभूत छलफलको आवश्यकता औँल्याएको भनी दलहरुले समय माग गरेको हँुदा संसद्को बैठक केही दिन पछि सारिएको बताउनुभएको छ ।

संसद्को बैठक स्थगनपछि आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो – “अदालतको निर्णय आएपछि नेताहरु बिस्तारै नरम हुनुभएको छ, हिजोको गरमपना हटेको छ, सबै मिलौँ भन्ने नै छ, अदालतको फैसलाले एउटा सकारात्मक वातावरण बनाएको छ ।”

अदालतले विधेयकका बारेमा निर्णय आफँै गर्ने अधिकार संसद्को हो भन्ने स्पष्ट ढङ्गले भनेको बताउँदै सभामुख घर्तीले दलहरुबीच सहमतिबाहेक अर्काे विकल्प छैन भन्नुभयो ।

छलफलमा प्रमुख प्रतिपक्षलगायत दलले सदनको अर्काे बैठक अवरोधका बीचमा अघि लैजानु नपरोस् भन्नाका लागि अदालतको फैसलालाई समेत ध्यानमा राखेर घनीभूत छलफल अघि बढाउन केही दिनको समय चाहिएको बताएका थिए ।

सभामुख घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतकसँगको छलफल र परामर्शबाट आजको बैठक स्थगन गरेर यही पुस २४ गते बैठक राख्ने निर्णय गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष लगायत दलहरुले संविधान संशोधन विधेयकको विरोधमा यही पुस २२ गते यहाँ आमसभासमेत गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । रासस

वि.सं.२०७३ पुस १९ मंगलवार ०८:४६ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...