back
CTIZAN AD

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

वि.सं.२०७७ भदौ २१ आइतवार

708 

shares

भदौँ २१ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

विरामीको उपचारमा सम्लग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका बताउनुभयो । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावटको कारण भुईँ तलामा रहेका एयर कन्डीसनरमा आगलागी भएपछि मस्जिदको अन्यभागमा उक्त आगो फैलिएको बताइएको छ । घटना भएको बेला मस्जिदमा झण्डै एक सय भक्तजनहरु प्रार्थनाका लागि उपस्थित रहेका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षास्रोतले बताएको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार ०९:१९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...