back
CTIZAN AD

जबरजस्ती निष्काशनमा परेका पत्रकार तथा कर्मचारीद्वारा कान्तिपुरको काममा अवरोध

वि.सं.२०७७ भदौ २२ सोमवार

900 

shares

काठमाडौं । देशकै ठूलो र व्यवसायिक रुपमा समेत सफल देखिएको कान्तिपुर मिडिया ग्रुपअन्तर्गत सञ्चालित कान्तिपुर टेलिभिजनले लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई बिना कारण कामबाट निष्काशन गरेको विरोधमा आईतबार कान्तिपुर टेलिभिजनकर्मीले आफ्नो काममा एक घण्टा अवरोध गरेका छन् । तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेका पत्रकार तथा कर्मचारीहरुले मिडिया मालिकले कामबाट निष्काशन गरेका सबैलाई पुर्नवाहली नगरेमा कडा संघर्षमा उत्रिने चेतावनी दिंदै सो अवरोध कार्यक्रम गरेका हुन ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघले आयोजना गरेको उक्त अवरोधको कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन, नेपाल, प्रेस सेन्टर नेपाललगायत विभिन्न ट्रेड यूनियनमा आवद्ध संघ, संगठनहरुको ऐक्यवद्धता रहेको थियो । कान्तिपुर टेलिभिजनले श्रमजीवी कर्मचारीमारा नीति लिएको भन्दै बिना कारण कामबाट निष्काशन गरिएका सबै पत्रकार तथा कर्मचारीहरुलाई तत्काल काममा फर्काउन दवाव दिदै गरिएको उक्त कार्यक्रममा टेलिभिजनका प्राय सबै श्रमजीवीहरुको सहभागिता थियो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले गेट भित्रबाट आन्दोलन गरिरहेका थिए भने गेट बाहिर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपाल प्रेस सेन्टर नेपाल लगायत विभिन्न पेशागत संघ संगठनहरुले टेलिभिजनको गेट अगाडिबाट त्यस आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरिरहेका थिए । विरोध कार्यक्रमलाई टेलिभिजनको गेट भित्रबाट कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेतले सम्बोधन गर्दै मिडिया मालिक तथा व्यवस्थापन पक्षलाई कर्मचारीमाथिको अन्याय रोक्न र श्रमीकवर्गिय न्यायको पक्षमा उभिन आह्वान गरेकी थिइन ।

उनले मिडिया मालिकका कारण पछिल्लो समय धेरै कर्मचारीहरुमाथि मानसिक ट्रचर भएको भन्दै लामो समयदेखि काममा रहेका, सक्षम कर्मचारी पत्रकारहरुलाई हटाइएको र कतिपयलाई काम गर्ने वातावरण नबनाइएको भन्दै विरोध गरिन । गेटभित्र कर्मचारी, पत्रकारहरुले गरेको धर्नाको कार्यक्रममा एक्वयबद्धता जाहेर गर्दै गेटबाहिरबाट ऐक्यबद्धता मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार महासंघ र आफ्नो संगठन जहिले पनि श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको हक, हित र अधिकारको पक्षमा आन्दोलनरत रहेको बताए ।

उनले पछिल्लो चरण कोरोना प्रकोपको कारण देखाउँदै लामो समयदेखि मिडियामा योगदान पुर्याएका पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकले अबैधानीक रुपमा, अपमानीत रुपमा कामबाट निष्काशन गर्ने, तलब घटाउने, काम गर्ने वातावरण नगराउने, दुख दिने काम गरेको बारेमा सूचना, जानकारीहरु आएको भन्दै त्यसलाई आन्तरिक रुपमा हल गर्न आग्रह गरे ।

उनले संघ, संगठन र कर्मचारीहरुले उठाएका जायज मागमा आफ्नो ऐक्यवद्धता रहेको भन्दै त्यसको सुनुवाई मिडिया मालिकले नगरेमा थप संघर्षका लागि सडक र कार्यालयमा आन्दोलित हुन कर्मचारी, पत्रकारहरु बाध्य हुने बताए ।कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य धनञ्जय बुढाले उक्त कार्यक्रममा बोल्दै इतिहासमा श्रमजीवी वर्गमाथि विभेद र अन्याय गर्ने, सामान्तवादी प्रवृतिहरु कहिल्यै सफल नभएको तथ्य औल्याएका थिए ।

क्रान्तिकारी पत्रकार संगठनका नेता बुढाले अहिले गरेको आन्दोलन सांकेतिक र सुझावमूलक रहेको भन्दै त्यसबाट व्यवस्थापन पक्षले समस्या समाधान गर्ने पहल नगरेमा अर्को चरणको आन्दोलन अझ कडा ढंगले अघि बढ्ने बताएका थिए । प्रेस सेन्टर, नेपालका अध्यक्ष लोकराज जैसीले देशको ठुलो मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले संकटपूर्ण परिस्थितिमा कर्मचारी तथा पत्रकारहरुलाई निकाल्नु श्रमजीवी पत्रकार ऐनको अपमान हो भन्दै राज्यले बनाएको ऐन, कानुनको अपमान गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताए ।

जैसीले कान्तिपुर टेलिभिजन जस्तो सक्षम व्यवस्थापनमा सञ्चालित मिडियाले तलब दिन नसक्ने वा अन्य बाहना बनाउँदै श्रमजीवी वर्गको पेशागत अधिकार कटौती गर्नु अपराध हुने भन्दै टेलिभिजनको व्यवसथापन पक्षलाई सचेत भएर आफ्नो आन्तरिक समस्या हल गर्न आग्रह गरे ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०८:५० मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...