back
CTIZAN AD

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा !

वि.सं.२०७७ भदौ २३ मंगलवार

4.2K 

shares

श्रद्धाको भावले, श्रद्धास्वरुप, श्रद्धापूर्वक, श्रद्धेय ब्यक्तिको लागि गरिने श्रद्धाजन्य कार्य हो श्राद्ध ! संस्कृत भाषाको यो शब्दको संस्कृतमै ‘श्रद्धया दियते इति श्राद्धः’ यस्तै केही भनेर अर्थ गरिएको छ, जसको अर्थ हो : श्रद्धाले दिइने वा गरिने कार्य श्राद्ध हो !

मेरो विचारमा बाबुआमा मरेको एकिन दिन तिथिमिति पत्ता लागेको अवस्थामा सोही दिनमा गरिने सम्झना र श्रद्धा कार्यलाई हाम्रो पूर्वीय परम्परामा एकोतिष्ठ अथवा तिथि श्राद्ध भनिन्छ भने मरेको दिन एकीन हुन नसकेको अवस्थामा सोह्र श्राद्ध वा पितृपक्षमा अर्थात् भाद्र कृष्ण पक्ष (चन्द्रमा क्रमशः सानो, कमजोर र मलिन हुँदै विलिन हुने पन्ध्र–सोह्र दिनको\आधामहिनाको\भाद्र शुक्ल पूर्णिमादेखि औंशीसम्मको अवधि) मा रहेका जम्मा सोह्र तिथिमध्ये कुनै एक तिथिमा गर्नसकिने वा गरिने गरिएको छ । यो आवश्यक र स्वाभाविक नै हो ।

श्राद्ध गर्दा दिवङ्गत हुनुभएका आमाबुबा र उहाँहरुका बाबु, बाजेका कम्तीमा तीनपुस्तालाई र सासुससुरा आदिलाई सम्झना गरी श्रद्धा गरिन्छ र हिन्दु संस्कार अनुसार पिण्डपानी/खानापिना दिइन्छ । यो तीन पुस्तालाई सम्बोधन गर्ने कुरा पनि स्वाभाविक नै हो किनकी सामान्यतया सय बर्षको मानव आयुमा हामीले सहकार्य यही चार पुस्ताको बिचमा गर्ने हुनाले आफूले माया, ममता, सहयोग, सद्भाव, पालनपोषण र शिक्षादीक्षा आदि आफू माथिका तीन पुस्ताबाट पाउन सकिन्छ । त्यसैले उहाँहरुको सम्झना र श्रद्धा गर्नु अनि उहाँहरुप्रती कृतज्ञता र आभार प्रकट गर्नु र उहाँहरुका नाममा केही अर्पण गर्नु मनासिब कार्य नै हो । तर यहाँनेर एउटा पाटो चाहिँ छुटेको देखिन्छ, जस्ले गर्दा यो श्रद्धाकार्य अपूरो र अधुरो मात्र हैन, भेदभावपूर्ण र अन्यायपूर्ण समेत छ । र, त्यो भेदभाव र अपूर्णता यो हो कि यसमा आमाका पनि आमा, हजुर आमा अनि श्रीमतीका पनि आमाकी आमा, हजुर आमाहरुलाई सम्झना र सम्बोधन गरिन्न । शायद पितृप्रधान समाज र सोंच भएर होला संस्कार पनि पितृकै पक्षमा भएको छ । तथापि आजको समतामुखी र न्यायपूर्ण समाजमा आफ्ना पुर्खाको सम्झना र सम्मान\श्राद्ध गर्नेहरुले यो छुटेको पक्षलाई समेटेरै सम पिंढीका सम्बन्धित सबैलाई सम्झना र श्रद्धा गर्नु पर्दछ ।

यो श्रद्धा गर्ने कार्य हाम्रा आआफ्ना बाबुआमा र पुर्खाहरुलाई हामी उहाँहरुका सन्तती भएको र उहाँहरुबाट जन्म र कर्म मात्र होइन तन, मन, धन, विद्या, बुद्धि आदि सबै प्राप्त गरेकोले कृतज्ञता स्वरुप पनि गर्ने गरिएको हो र अद्यापि गरिन्छ । पूर्वीय संस्कृत भाषाको पुरानो विधिपद्धति अनुसार गरिने श्राद्धकर्म गर्दा आफ्ना पूर्खालाई मात्र होइन, गुरुलाई पनि सम्झना र सम्बोधन गरिन्छ अर्थात् गुरुको शिक्षादीक्षा दानप्रती आभार र कदर प्रकट गर्दै बाबुआमा सरह पिण्डपानी पनि दिइन्छ । यो ज्ञानप्रतिको मानवीय ध्यान र सम्मान पनि हो र जो सराहनीय पक्ष नै हो । सोह्र श्राद्ध वा पितृपक्ष आदि नाम दिइएको यो अवधिमा बाबुआमालगायत कम्तीमा तीन पुस्ताका पुर्खाहरुलाई र एक जना मुख्यगुरु आदि सबैलाई साथसाथै श्रद्धा गरिन्छ भने अन्य दिनहरुमा अलग-अलग रुपमा पनि सम्झना र श्रद्धा गर्ने प्रचलन छ । कुशे औंशी अर्थात् बुबाको मुखहेर्ने दिनमा पिताको, मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनमा आमाको र गुरुपूर्णिमाको दिनमा गुरुको स्मरण र कदर गरी जीवित भए भेटघाट र उपहार प्रदान गरेर र मृत भए श्राद्धकर्म गरेर दानदक्षिणा दिने गरिन्छ । त्यसैले यो श्राद्धकर्म एक महत्त्वपूर्ण अनुशरणीय कार्य मानिएको हो र यो हजारौं बर्षदेखिको पुरानो संस्कार भए पनि चलिआएको परम्परा, विधि र पद्धति अनुसार नै हाम्रो समाजमा यो श्राद्धकर्म अद्यापि गर्ने गरिएको छ ।

दिवङ्गत पुर्खाहरुको स्मरण र श्रद्धा गर्ने यो सोंच र संस्कारलाई पुरानै रुढीबादी विधि-पद्धति अनुसार भन्दा नयाँ आधुनिक र बैज्ञानिक विधि–पद्धती अनुसार गर्नु–गराउनु उचित र आवस्यक छ । त्यो नयाँ विधि अहिले आ-आफ्नै प्रकारका र अपरिमार्जित छन् । तिनलाई संयोजन र संश्लेषण गरेर एउटा परिमार्जित, आधुनिक, प्रगतिशील र बैज्ञानिक विधि विकसित र स्थापित गर्नु जरुरी भैसकेको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार ०९:३६ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...