२४ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४३ लाख ६७ हजार ४ सय ३६ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ९ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८९ हजार ८ सय ५२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले पनि ८ लाख ९७ हजार ४ सइ ८६ जना संक्रमित अवस्थामै रेहेका छन भने ३३ लाख ९७ हजार २७ जना कोरोना मुक्त भएका छन ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ३३ हजार ८ सय १९ रहेको छ भने ९ लाख १ हजार ८ सय ३६ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार ०९:०५ मा प्रकाशित





























