back
CTIZAN AD

दुई महिने छोरालाई कलेजो दिएर बचाएका बाबुको कथामा आधारित ‘जिन्दगी’ सार्वजनिक (हेर्नुस् भिडियो)

वि.सं.२०७७ भदौ २४ बुधवार

729 

shares

२४ भदौ, झापा । सन्तानलाई गरिने माया र सन्तानले आमाबुवासँग गर्ने भरोसा सबैभन्दा ठूलो सत्य हो । यहि सत्यमा जीवन चलेको हुन्छ । जव सन्तान जन्मन्छ तब सन्तान सुखले परिवारमा खुसी ल्याउँछ । सन्तानलाई बुढ्यौलीको सहारा ‘लौरो’ भनिन्छ । तर केहिको जीवनमा भने यस कुराले मेल खाइरहेको छैन । बैतडीका महेश अवस्थीले आफ्ना दुईमहिने छोरालाई कलेजो दान गर्नुपरेको छ ।

आफ्ना दुईमहिने छोरालाई कलेजो दान गर्ने बैतडीका महेश अवस्थीको जीवनमा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । छोरा शिवांश अवस्थीलाई भारतको चेन्नईस्थित डा. रेला अस्पतालमा लगेर आफ्नो कलेजो प्रत्यारोपण गराई बचाउने बाबुको वास्तविक कथामा म्युजिक भिडियो बनाइएको हो ।


संगीतकार कमला सापकोटाको शब्दरसंगीत रहेको ‘जिन्दगी; गीतमा चर्चीत गायक निशान भट्टराईको स्वर छ । यस गीतले यथार्थ बोकेको छ । गीतमा पीडा भरिएको छ । हालै सार्वजनिक भएको यस गीत धेरैले मन मात्र पराएका छैनन् । अवस्थीको परिवारको पीडा पनि महसुस गरिरहेका छन् । गीत हेरेर धेरैले दुई महिने शिशुको उज्ज्वल, सुन्दर र स्वस्थ्य जिवनको कामना पनि गरेका छन् ।

गीतले मनोरञ्जन मात्र होइन वास्तविक जिवनको पीडा प्रस्तुत गर्छ भन्ने पछिल्लो उदाहरण बनेको ‘जिन्दगी’ सार्वजनिक भएको केहि दिनमा नै रुचाइएको गीत बन्न सफल भएको छ ।

महेश अवस्थीको मर्मस्पर्शी र कहालीलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्वेलित बनाएको संगीतकार कमलाले बताइन् कमला भन्छिन्, ‘गीतमा छोरालाई बचाउन बाबाले गरेको अकल्पनीय संघर्षलाई प्रस्तुत गरेका छौं ।’

समाजलाई उत्प्रेरणा दिने गीतमा स्वर दिन पाएकामा गर्व लागेको गायक भट्टराईले बताए । उनले भने, ‘स्टुडियोमा यो गीत रेकर्ड गर्दा नै म निकै भावुक भएको थिएँ। शब्द र संगीत उत्कृष्ट रहेको यो गीत गाउन पाउनु मेरा लागि एउटा अवसर हो ।’

गीत निशानको व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांशको उपचारका लागि सहयोग गर्ने गायक निशानले घोषणा गरिएको छ ।

गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरा लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले कोरोना कहरका बेला पनि जोखिम मोलेर निःशुल्क रूपमा यो भिडियो तयार पारेका हौं।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ ।

लकडाउनअघि श्रीमती र छोरालाई भारतको अस्पतालमै छाडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छैनन् ।

उनका छोरा शिवांश जन्मिएको १४ दिनदेखि बिरामी परेका थिए । नेपालमा एक महिनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि निको नभएपछि मध्यम वर्गीय महेशले छोरालाई भारतमा पुर्याई आफ्नो कलेजो दान गर्दै करोडभन्दा बढी खर्च गरेर बचाएका हुन् ।

वि.सं.२०७७ भदौ २४ बुधवार १६:०९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...