back
CTIZAN AD

काठमाडौं बाहिर आवातजावतमा थप कडाई गर्ने निर्णय (सूचनासहित)

वि.सं.२०७७ भदौ २५ बिहीवार

873 

shares

काठमाडौं । निषेधाज्ञा थप खुल्ला गराईरहेको बेला काठमाडौंबाट बाहिरी जिल्ला आवत–जावतमा भने थप कडाई भएको छ । बिहिबार एक सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंले काठमाडौं बाहिर अत्यावश्यकबाहेकमा आवतजावत बन्द गराउने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार काठमाडौं आउन र काठमाडौं बाहिर जान अत्यावश्यकका बाहेकका काममा रोक लगाएको छ । सूचनामा अत्यावश्यक कामका लागि पनि तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ ।

सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ ।

‘कोभिड १९ को बढ्दो संक्रमणका कारण काठमाडौै जिल्लामा जारी गरेको निषेध आदेशको अवधिमा जिल्लाबाट बाहिर जाने अत्यावाश्यक काम जस्तै दाहसंस्कार, कर्मचारीको सरुवा भै जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिदै आएकोमा अब उप्रान्त सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावाश्यक कामको प्रयोजन स्पस्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र तथा सम्बन्धित गन्तव्य स्थानीय तहको सिफरिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ’, बिहीबार जारी सूचनामा भनिएको छ ।

यस्तो छ सूचना

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:३५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...