back
CTIZAN AD

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

वि.सं.२०७७ भदौ २५ बिहीवार

1.1K 

shares

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको छ । काठमाडौंका युवा रचित कुँवरको ३० वर्षको उमेरमा हृदयघातका कारण बेलायतमै मृत्यु भएको हो ।

कुँवरको हृदयघातका कारण बुधबार दिउँसो साउथ इष्ट लन्डनस्थित आफ्नै निवासमा मृत्यु भएको हो । हृदयघात भएलगत्तै प्यारामेडिक्स टिम आएपनि उनलाई बचाउन नसकिएको उनका भिनाजु सुशील प्रजापतिले बताएका छन् ।

केही महिना अघि नेपाल आएका उनी विश्वव्यापी कोरोना महामारीका कारण जारी लकडाउने बेलायत फर्कन पाएका थिएनन् । दुई दिन अघि (सोमबार) मात्र नेपालबाट बेलायत पुगेका कुवँरको त्यहाँ पुगेको दुईदिनमै मृत्यु भएको हो ।

बुवा आमा नेपालमै रहेको र अविवाहित रहेका कुँवर परिवारसहित अष्ट्रेलयामा बसाइ सर्ने योजना बनाएका थिए । अल्पायुमै भएको उनको मृत्युले परिवार तथा आफन्त अत्यन्तै मर्माहत भएको पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष तथा युवा व्यवसायी समेत रहेका प्रजापतिले संसारन्युजलाई बताए ।

‘सोमबारमात्रै नेपालबाट आएर हामीसँगै बसेका थिए । अचानक यस्तो घटना भयो,’ प्रजापतिले भने,‘ पहिले अन्य त्यस्तो कुनै समस्या थिएन प्रेसरको समस्या थियो ।’

कुँवर युके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस युकेएनएफबीएफ) ले आयोजना गर्ने मिस्टर युके प्रतियोगिताको सन् २०१६ का विजेता समेत हुन् ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:५५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...