२६ भदौ, काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा भईरहेको छ ।
आज दिउँसो पनि देशभर सामान्यतया देखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै आज राति देशका केहीस्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि र प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार ०८:४२ मा प्रकाशित






























