back
CTIZAN AD

आचार्य राजन बने अनेसाको सद्भावना दूत

वि.सं.२०७७ भदौ २६ शुक्रवार

732 

shares

२६ भदौ, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई ‘अनेसास सद्भावना दूत’ मा मनोनयन गरेको छ ।

अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो । सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो । नेपालमा रहदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन असनेपालन्यूजका प्रधानसम्पादक समेत रहेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट ‘अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया–ओसनिया क्षेत्रका उपाध्यक्षसमेत रहेका थिए ।

गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख–सूत्रलगायतका साहित्यिक र दर्शनका कृति प्रकाशित छन् । उनि अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक समेत हुन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । मनोनीत ‘अनेसास सद्भावना दूत’ को कार्यकाल अवधि दुई वर्षको रहने छ ।

 

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०९:२४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...