२७ भदौ, काठमाडौं । हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र यसका केहि स–साना नदीजलाधारमा क्षणिक मध्यम बर्षा भई बहाब केहि बढ्ने र केहिमा आकस्मिक बहाब हुन सक्ने छ ।
आज प्रदेश १ प्रदेश २, बागमती र नारायणी प्रदेशको मध्यपहाडी, तराई र चुरे भई बहने केहि स-साना नदीमा बहाव बढ्ने तर सतर्कता भन्दा तलै हुने पनि महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०८:३२ मा प्रकाशित






























