
यहाँ आमुल परिबर्तन र क्रान्तीका कुरा गरे ।
यहाँ चिल्ला आश्वाशनका खोक्रा बिउ छरे ।
यहाँ सर्बत्र परीवर्तनको ढोलक ठटाए ।
साच्चै भाईलाई भाईकै काल बनाई खटाए ।
यहाँ बुढाबुढी बुबाआमाको सहारा लुछे ।
कयौ निर अपराध निरिह नारीको सिन्दुर पुछे ।
यहाँ थुप्रै अबोध बालबालीकालाई टुहुरा बनाए ।
सिङ्गो देश रणमैदान बनाई आफ्नाको रगतले गनाए ।
यहाँ आफ्ना आफ्नालाई लडाई भाईबैरीको नमुना देखाए ।
युवालाई विदेश घोक्राई दासत्वको इतिहास लेखाए ।
यता आलै छ रणभूमी विदेशमा युवाको रगत आँशु बनि चुहिदैछ ।
शाषकका शक्तीको खेलले देशको भविष्य तुहीदैछ ।
यहाँ हेर देशका हुने खानेलाई जताततै लुटैलुट छ ।
कानुन र संबिधान गरिबको लागि हो धनी लाई छुटैछुट छ ।
वि.सं.२०७७ भदौ २७ शनिवार ०९:४८ मा प्रकाशित






























