back
CTIZAN AD

तत्काल परिक्षा गर्न माग गर्दैं स्नातकोत्तर तह चौथो सेमेस्टका विद्यार्थीहरु आन्दोलित

वि.सं.२०७७ असोज २ शुक्रवार

1.3K 

shares

२ असोज, धरान । महेन्द्र बहुमुख्रि क्याम्पस धरानमा स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्यायन गर्ने बिद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

विश्वबिद्यालयले यति लामो समयसम्म चौथो सेमेस्टका बिद्यार्थीहरुलाई बेवास्ता गरेको भन्दै बिभिन्न संकायका विद्यार्थीहरुले क्याम्पस प्रमुख दामोदर भण्डारी मार्फत त्रिभुवन विश्वबिद्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्रिभुवन बिश्व बिद्यालयले स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टको परिक्षा गत चैत्रमा ६ गतेबाट गर्ने तय गरेको थियो तर कोरोना भाईरसको माहामारीका कारण मानबिकी संकायको परिक्षा सुरु हुनु अगाबै र ब्यबस्थापन संकायको परिक्षा भईरहेको बेला सरकारले लकडाउन गरेपछि परिक्षा नै बिथोलिएको थियो ।

यस बिचमा अन्य सेमेस्टरको पठनपाठन बैकल्पिक बिधिबाट भए पनि चौथो सेमेस्टरका बिद्यार्थीलाई बेवास्ता गर्दै बिद्यार्थीहरु भबिष्यमाथी विश्व बिद्यालयले खेलवाड गरेको उनीहरुको आरोप छ ।

बिद्यार्थीहरुले भर्चुअल बैठक गरेर आन्दोलनको तयारी गरेको अर्थशास्त्र बिषयको चौथो सेमेस्टरका बिद्यार्थी सुरेन्द घिमिरेले जानकारी दिए । उनले पूर्बाञ्चल बिश्वबिद्यालय तथा सुदुरपस्चिम बिश्व बिद्यालयले बैकल्पिक बिधिबाट परिक्षा गर्ने तयारी गरिरहँदा नेपालको सबैभन्दा जेठो बिश्व बिद्यालय त्रिभुवन बिश्व बिद्यालयले बिद्यार्थीमाथी खेलवाड गरेको बताए । आन्दोलनलाई देशब्यापि बनाउने उनीहरुको तयारी छ ।

बिश्व बिद्यालयले बैकल्पिक बिधिबाट तत्काल परिक्षाको तयारी नगरे क्याम्पससिहत डिन कायार्मालयमा अनिस्चितकालिन तालाबन्दि गर्ने चेतावनी समेत दिएका छन् ।

त्रिबिले बैकल्पिक बिधिबाट परिक्षाको संचालन गर्ने बताएको छ तर कसरी गर्ने भनेर निर्णय गर्न सकिरहेको छैन् ।

वि.सं.२०७७ असोज २ शुक्रवार ०६:३७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...