असोज ३, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा १ लाख ३५ हजार भन्दा बढिको मृत्यु भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ सय २६ जनाको मृत्युपछि ब्राजिलमा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ३५ हजार ८ सय ५७ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ३९ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या ४४ लाख ९७ हजार ४ सय ३४ पुगेको छ ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:३७ मा प्रकाशित





























