
यत्र तत्र कविता
त्यसैले आज हामी हाँस्छौ
हिजो रोएका थियौ
भोलि गुम्सिन सक्छौ
जो रुने हाँस्ने र,
गुम्सने कार्यको प्रति कारण के हो ?
ऊ पनि प्रकृतिको देन हो
अतः ऊ पनि परिवर्तनशील छ
जस्तै मनबाट
अनेक इच्छा उत्पत्ति हुन्छन् ।
माझेर हेरें साँचेर हेरें
यत्र तत्र सर्वत्र दाँजेर हेरें
ओल्ट्याएर हेरें पोल्ट्याएर हेरें
कतै छेउ कुनामा पल्ट्याएर हेरें
साँच्चै मस्त छ व्यस्त छ
पश्चिममार्ग गन्तव्य भई आफै अस्त छ ।
जस्तै आजको बिहानी
हिजोको दिउसो
अस्तिको साँझ
जस्लाई बसन्त, ग्रीष्म र वर्षाको माध्यमबाट हेरौ
त्यै बसन्त जो ऋतुराज रे
नौलो आवाज रे
अझ भन्छन् कोइलीकै धूनको अन्दाज रे ।
तर पनि कविराजकै काख भए
ति ताराहरु नौलाख भए नि
जस्को धर्म, सत्यता र स्वरुप
भन्नुनै परिवर्तन हो
हुन त परिवर्तन भन्नु नै बद्लिनु हो ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:३६ मा प्रकाशित






























