
१.
तिमि सुनमा सौन्दर्य देख्छौं म नुनमा, हेर्ने दृष्टिकोण आफ्नै,
तिमि तनमा सौन्दर्य देख्छौं म खुनमा, हेर्ने दृष्टिकोण आफ्नै ।
ए मानव, अलिकति फराकिलो दृष्टिकोण बनाउन, बिन्ती,
तिमि धनमा सौन्दर्य देख्छौ म गुनमा, हेर्ने दृष्टिकोण आफ्नै ।
२.
अनायासै ति प्रेमील नजरमा नजर जुधेपछि,
माया झन् प्रगाढ भो अधरमा अधर जुधेपछि .
लाउँदै गर्दा माया पिरति दुई खोलीको किनारमा,
गढा भयो इन्द्रावती र कोशीको बगर जुधेपछि ।
३.
विज्ञान रोज्नुहोस् वा ज्ञान मर्जी हजुरको,
निदान रोज्नुहोस् वा सान मर्जी हजुरको ।
आत्मसन्तुष्टि मिल्छ भने जे रोज्न छुट छ,
अभिमान वा स्वाभिमान मर्जी हजुरको ।
४.
निन्द्र रहर वा बाध्यता कसरी बुझ्नु अलमलमा छु,
मलाई छाडी कता गयौ आमा बीच सडकमा छु ।
म सडक बालकको सुचिमा त पर्दिन नी सरकार ?
खोइ अझै बुझ्न सकिन म गाउँमा या सहरमा छु ।
५.
बालुवा नभएको खोलिको तीर भेटिएन,
बर्सातमा पहिरो नजाने कृष्ण भिर भेटिएन ।
पैसा का लागि इमान बेचिरहन्छ यो दुनियाँ,
खोजें मै हुँ भन्ने को पनि ठाडो शिर भेटिएन ।
वि.सं.२०७७ असोज ३ शनिवार ०९:४५ मा प्रकाशित






























