back
CTIZAN AD

नेकपा सचिवालय बैठक आज, पहिलो पटक पेरिसडाँडामा बस्दै

वि.सं.२०७७ असोज ४ आइतवार

795 

shares

४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

सचिवालय बैठक पहिलो पटक पार्टीको अर्को कार्यालय पेरिसडाँडामा आज बस्ने भएको हो । गत शुक्रबारै बस्ने भनिएको बैठक स्थगित गरि आजलाई सारिएको थियो ।

यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेको हो ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो ।

पहिलोपटक दुई अध्यक्षबीच स्पष्ट कार्यविभाजन र कार्याधिकार तय भएपछिको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष चासोका रुपमा हेरिएको छ ।

आजको सचिवालय बैठकमा भदौ २६ गतेको नेकपा स्थायी समिति बैठकले गरेका निर्णयहरुको कार्यान्वयन पक्षबारे छलफल हुने जनाइएको छ । त्यस्तै बैठकले पार्टीभित्र स्थायी कमिटीका निर्णय कार्यान्वयन गराउन उपयुक्त मापदण्ड बनाउने, मन्त्रीपरिषद् पुर्नगठन लगायत पार्टीको सांगठानिक बाँकी काम बारे छलफल हुने बताइएको छ ।

फाइल तस्विर

वि.सं.२०७७ असोज ४ आइतवार १०:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...