back
CTIZAN AD

चीन-भारत सीमा विवाद मन्द हुँदै कि चर्किदै ?

वि.सं.२०७७ असोज ४ आइतवार

726 

shares

बितेको केही समययता दुबै देशका बीच सैन्य तथा कूटनीतिक स्तरमा परस्पर बार्ताका अनेक श्रृंखला पनि चल्दै आएका छन् । तर समस्या हल हुने स्थिति अझै पनि बनेको देखिएको छैन । दुबैले एक अर्कालाई हठधर्मिताको आरोप लगाउन पनि बाँकी राखेका छैनन् । यतिसम्म कि भारतका प्रधानमन्त्री मोदीले त चीनलाई बिस्तारबादी भन्ने संज्ञा दिन पनि पछि परेका छैनन् ।

रुसमा चीन र भारतका बिदेश मन्त्रीहरुकाबीच भएको बार्ताका अनुरुप दुइ देशबीच तनापूर्ण सम्वन्धको स्थितिमा खाशै परिबर्तन आउने अपेक्षा गर्न सकिने आधार बिकसित भएको देखिको छैन । अनि तत्काल असैनिक युद्ध जारी रहे पनि सैनिक युद्ध भइहाल्ने अबस्था पनि छैन । हुन पनि १९६० को दशकमा चीन र भारतका बीच युद्ध भएयता दुइ देशका बीच रहेको सीमा बिबाद अद्यापि कायमै छ । यद्यपि यो सीमा बिबादलाई थाँती राखेर अन्य क्षेत्रमा दुइ देशका बीच खाशगरी ब्यापारमा ठूलो आदान प्रदान भइहरेको छ । तर पनि बेला बेलामा दुइ देशका बीच परस्पर द्वन्द्व र झडपका घटनाहरु घट्ने गरेका छन् र तिनले निकै ठूलो मूल्य पनि चुकाउने गरेका छन् ।

यस्तै परिस्थितिका बीच पछिल्लो पटक चीनका लागि जासुशी गरेको आरोपमा भारतका एक बरिष्ठ पत्रकार राजीब शर्माको गिरफ्तारीले भारत–चीन सम्वन्धका बीच चलिरहेको यो बिबादले नयाँ आयाम लिएको बिश्लेषण गरिदैछ । भारतीय पक्षले यसबाट के पनि खुलस्त भएको औंल्याउँदैछ भने चीनले भारतमा जासुसी सूचनाहरु एकत्र गर्नका लागि एउटा सञ्जाल पनि खडा गरेको छ । त्यस्ता बिदेशी नेटवर्क खडा गरिनु कुनै नयाँ कुरा होइन भन्ने पनि भारतीय पक्षको निष्कर्श छ । अमेरिका समेत पश्चिमा देशहरुका बिभिन्न एजेन्सीहरुको भारतीय शासनतन्त्रमा घूसपेठका अनेकौ मामिलाहरु अतीतमा प्रकाशमा आइसकेका कुरा हुन् भन्ने पनि उनीहरु प्रष्ट पार्दछन् । तर त्यस प्रकारका कृयाकलामा चीन पनि थपिएको सम्भबतः पहिलो पटक भारतीय पक्षले आरोप लगाएको छ ।

जहाँसम्म भारत–चीन बीचको सीमा सम्वन्ध छ यो त बिगतदेखिनै गतिरोधपूर्ण स्थितिमा रहेकै छ । ‘लाइन अफ एक्च्युअल कण्ट्रोल’ अर्थात ‘वास्तबिक नियन्त्रण रेखा’का दुबै तर्फ हजारौं संख्यामा ठूलो सैन्य उपकरणकासाथ दुबै देशका सैनिक तैनाथ गरिएका छन् । शीतकालीन स्थितिको पर्बाह नगरी दुबै देशले सैन्य पंक्ति खडा गरिराखेको देखिन्छ । यसमा भारत चीनलाई समस्या लम्ब्याउन आँखा चिम्लेर लागेको आरोप पनि लगाइराखेको छ र यसले भारतलाई समस्यामा घिस्याउन खोजेको भनिरहेको छ । चीनले भने भारत कसैको उक्साहटमा सीमा बिबादलाई चर्काउन खोजिरहेको औंल्याएको छ । कतिपय रक्षा बिशेषज्ञहरु भने दुइ देश बीचको यस स्थितिले कुनै पनि बेला सानो या ठूलो युद्ध भड्किन सक्ने स्थिति औंल्याइरहेका छन् । आश्चर्य के पनि छ भने बितेको केही समययता दुबै देशका बीच सैन्य तथा कूटनीतिक स्तरमा परस्पर बार्ताका अनेक श्रृंखला पनि चल्दै आएका छन् । तर समस्या हल हुने स्थिति अझै पनि बनेको देखिएको छैन । दुबैले एक अर्कालाई हठधर्मिताको आरोप लगाउन पनि बाँकी राखेका छैनन् । यतिसम्म कि भारतका प्रधानमन्त्री मोदीले त चीनलाई बिस्तारबादी भन्ने संज्ञा दिन पनि पछि परेका छैनन् ।

स्पष्ट छ कि तिब्बत चीनको स्वशासित स्वायत्त प्रदेश हो ।अनि भारतले पनि एक चीन नीति अन्तर्गत ताइबान र तिब्बलाई चीनकै अखण्ड हिस्सा स्वीकार गरेको छ । तर अब आउँदा दिनमा भारतको यो स्थिति बद्लिन सक्ने संकेत देखिदैछ ।

यस परिदृष्यमा भारत चीनसँगको मामिलामा तिब्बत र ताइवानको मुद्दा उठाउने र कार्ड खेल्ने हिसाब किताब पनि गर्न थालेको प्रतीत हुन्छ । यसले अमेरिकी–भारत धूरीको अस्थाई नै सही एउटा धूरी बन्न लागेको पनि देखिन्छ । भारतका प्रधानमन्त्री मोदीलाई उनको जन्म दिनमा ताइबानका प्रधानमन्त्री साई इन–वेनले शुभ कामना सन्देश पनि पठाएका थिए । त्यसलाई स्वीकार गर्दै भारतीय प्रधानमन्त्रीले धन्यबाद सन्देश पठाए कि पठाएनन् त्यो कुरा प्रकाशमा आएको छैन ।

ताइबानका नेताले आफ्नो सन्देशको माध्यमबाट के संकेत दिएको देखिन्छ भने चीनका बिरुद्ध ताइबान भारतको पक्षमा खडा हुन चाहन्छ । यसरी नै पूर्बी लद्दाखमा केही महिना पहिला बिशेष तिब्बत सशस्त्र बलका एक जवान नाइमा तेञ्जिङ्गको मृत्युले के रहस्योद्घाटन गरेको पनि औंल्याइदैछ भने भारतीय सेनामा यस्तो एउटा यूनिट छ जसमा तिब्बती मानिसहरु सामेतल रहेका छन् । यद्यपि पूर्बी लद्दाखमा त्यो तिब्बती यूनिटका कति जवाहरु तैनाथ छन् ?  त्यो भने प्रकाशमा ल्याइएको छैन । यसले पनि प्रष्ट पार्दछ कि आउँदा दिनमा समस्या चर्कदै जाँदा भारत चीनसँग यो तिब्बती कार्डपनि खेल्ने तयारीमा छ ।

स्पष्ट छ कि तिब्बत चीनको स्वशासित स्वायत्त प्रदेश हो ।अनि भारतले पनि एक चीन नीति अन्तर्गत ताइबान र तिब्बलाई चीनकै अखण्ड हिस्सा स्वीकार गरेको छ । तर अब आउँदा दिनमा भारतको यो स्थिति बद्लिन सक्ने संकेत देखिदैछ । भारतले अहिले पनि के मान्यता राख्दै आएको छ भने तिब्बतका भारत निर्बासित धर्मगुरु दलाई लामा बिश्वभरीका तिब्बती शरणार्थीका लागि मात्रै होइन, तिब्बतकै मानिसहरुका लागि पनि ‘पूजनीय’ रहेका छन् । भारतको मान्यता अनुसार तिब्बतमा चीनको आधिपत्य भए पनि तिब्बती मानिसहरु बौद्ध धर्म र दलाई लामाकाप्रति श्रद्धा कायम राखिरहेका छन् । चीन पञ्चेन लामाका माध्यमबाट तिब्बती बौद्ध धर्माबलम्बीहरुको समर्थन हासिल गर्न चाहन्छ । तर भारत यसमा के भनेर खेल्न खोज्दै गरेको देखिन्छ भने तिब्बती सँस्कृति र समाजमा पञ्चेन लामाको स्थान दलाई लामाको जस्तो उच्च रहेको छैन ।

भरत पूर्बी लद्दाखको मुुद्दाबाट अलग हटेर अर्को के कुरामा पनि बिचार गर्दै देखिन्छ भने अब दललाई लामाको उत्तराधिकारी को बन्ने हो ? चीनले भने पञ्चेन लामाकै माध्यमबाट चीनका दलाई लामाको उत्तराधिकारी खोज्नुपर्ने कोशिश गर्ने नै भयो ।

र्कोतिर,दलाई लामाले के पनि भनिराखेको छ भने उनका उत्तराधिकारीहरु भारत या अन्य कुनै देशमा अबतरित हुन सक्तछन् । यसरी उनले चीन र तिब्बतलाई स्वीकार्न चाहेको देखिन्न । भारत र दलाई लामाले सोचेजस्तै हुने हो भने भबिष्यमा चीन र तिब्बतको सम्वन्धमा पनि अर्कै मोड आउन सक्ने या ल्याउन सक्ने खतरा रहेको देखिन्छ ।

अहिलेसम्म यद्यपि के आशा राखिन्छ भने चीन र भारत बीचको लद्दाखको तनाबले कुनै युद्धको रुप नलेओस् र एशियाका दुइ ठूला बिकासबान देशहरुले आफ्नो वरिपरीका छिमेकीहरु र पूरै एशियाको सम्पूर्ण हितहरुलाई ध्यानमा राखेर परस्पर आक्रामक बाटो अख्तियार नगरुन् !

यद्यपि भारतीय पक्ष के भन्दैछ भने जासुसी गरेको अभियोगमा राजीब शर्माको गिरफ्तारीको घटना क्रममा भारतीय केन्द्रिय सरकारले चीनको एप्समा लगाएको प्रतिबन्ध, चीनका कन्फुसियस संस्थाहरुमाथि बढाएको निगरानी र चिनीयाँ कम्पनीहरुमाथि अंकूश लगाउने भारतीय निर्णयको औचित्य पनि सही सिद्ध गरेको छ । सूचना प्रौद्योगिकीका क्षेत्रमा चीनका कम्पनीहरुको भारतमा कामकाजको अवसर सीमित भएर गएका छन् र मोदी सरकारको यो चीनका बिरुद्धको असैनिक ‘स्ट्राइक’ हो भनिदैछ । यसरी अहिले पनि चीन र भारतको तनाब र झडपको पृष्ठभूमि बनिरहेको छ । यसले कस्तो मोड लेला घटना क्रमको आगामी बिकासले तय गर्नेछ ।

वि.सं.२०७७ असोज ४ आइतवार १०:३० मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...