back
CTIZAN AD

प्रतिक्रान्तिका ज्वालाहरू

वि.सं.२०७७ असोज ४ आइतवार

879 

shares

ज्वाला हुन यी प्रतिक्रान्तिका
फैलदोछ डडेलो चारैतिर
जलिरहेछन् जनआस्था र विश्वासहरू
हेरौ खरानीको थुप्रोतिर
दन्कदोछ ज्वाला प्रतिक्रान्तिको
देशका प्रत्येक भागहरूमा
जलिरहेछन् सुरक्षित दंभ कवचहरू
प्रचण्ड तापको रापमा
देखिन्छ अझै यन्त्र चालित गतिविधि
बुझेर पनि बुझ्नै नसकिने
कोशिश अविरल दंभ कवचहरूको
प्रतिक्रांति ज्वाला निभाऊँने
नसोचौ सकिन्छ निभाऊँन यन्त्रले
बिशुद्ध प्रतिक्रांतिका ज्वालाहरू
जलिरहेछन् जनआस्था र विश्वासहरू
निर्मित हुदै खरानीका पहाडहरू
हुँदैनन जनता निरिह कहिलै
हेरौ न विश्व इतिहासका पन्नाहरू
जनता नै हुन परिवर्तनका दीपज्वती
नविर्सौ नेपाली इतिहासका पन्नाहरू
त्यसैले
दन्कदोछ ज्वाला प्रतिक्रान्तिको
अन्याय अत्याचारको पराकाष्ठमा
जलिरहेछन दंभकवचहरू
प्रचण्ड रापको तापमा

वि.सं.२०७७ असोज ४ आइतवार १०:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...