back
CTIZAN AD

घरघडेरीमा होइन, कृषि तथा पशुपालनमा लगानी गरौँ

वि.सं.२०७७ असोज ४ आइतवार

765 

shares

जो एक यस्तो व्यक्ति हो जो बिदेश बसाईलाई बिट मार्दै आफ्नो बाझिएको जमिन खनजोत गरि कृषि ब्याबसाय पसुपालन गर्ने सपना बोकि जन्मभुमि फर्कन्छ र उत्साहपुर्बक कर्म गर्न थालानी गर्छ ।  तर त्यसलाई समाजले तिरस्कार गर्छ । किनभने हाम्रो समाजको सोचाइम प्रगती भनेको त सहरमा घर घडेरी किन्नु सहरमा बसोबास गर्नु छोराछोरीलाई सहरमा महङो बोर्डिङ स्कुलमा पढाउने लाई कुकुर डोराउनेलाई मात्र ठानिन्छ ।

हामी कृषिप्रधान देशको नागरिक भएता पनि अहिले अत्याधिक युवा युवतीहरु बैदेशिक रोजगारको शिलसिलामा बाह्रय देशमा काम गर्न जाने प्रबृती बढन गई देशको सबै उर्बराभुमी सबै बाझो रहन गई उत्पादन न्युन हुन पुगेको छ । जसका कारण हामिले बिषादी युक्त तरकारी फलफुल माछा मासु सबै भारत (ईन्डिया) बाट निर्बाह गर्नुपर्ने अवस्था छ ।  अहिले नेपालमा प्याज 150 रूपैयाँ, के.जी गोलभेडा 150 रूपैयाँ के जी आलु धार्नीको 260 किलोको 100 पर्दछ ।

यसमा सरकार मौन छ । कृषक उत्पादक र उपभोक्ता मारमा छ बिचको बिचौलिया मोटाएको अबस्थामा कसरी यसलाई नियन्त्रण गरेर सिधा उत्पादक र उपभोक्ता बिचमा समन्वय गरी सरली सहजी करण गरेर,युवालाई बिदेश जान होईन । कृषी उत्पादन कार्यमा संग्लन गराऊन सरकारको पहल आबस्यक छ ।

कृषिकार्य सुरूगर्नु पुर्व समाजको सोच परिवर्तन हुनु जरुरी छ । यो मेरो आफ्नो बुझाई हो, म एक प्रतिनिधि पात्र मात्र हो म जस्ता कयौ पात्रहरू छन यस्ता घटना जहा त्यही सुन्न र देख्न पाइन्छ ।

जो एक यस्तो व्यक्ति हो जो बिदेश बसाईलाई बिट मार्दै आफ्नो बाझिएको जमिन खनजोत गरि कृषि ब्याबसाय पसुपालन गर्ने सपना बोकि जन्मभुमि फर्कन्छ र उत्साहपुर्बक कर्म गर्न थालानी गर्छ ।  तर त्यसलाई समाजले तिरस्कार गर्छ । किनभने हाम्रो समाजको सोचाइम प्रगती भनेको त सहरमा घर घडेरी किन्नु सहरमा बसोबास गर्नु छोराछोरीलाई सहरमा महङो बोर्डिङ स्कुलमा पढाउने लाई कुकुर डोराउनेलाई मात्र ठानिन्छ । त्यस कारण पनी अत्याधिक मानिस सहरमा बसोबास गर्ने घर घडेरी किन्नु ठूलो घर बनाऊनलाई गर्व गर्छन ।

भने गाउ फर्कने लागि सिल्ली केही गर्न नसकेर गाउ फर्केर आएको ठान्छन । तर यस्ता घर घडेरी किन्रु बनाउनु भनेको अनुत्त्पादन क्षेत्रमा लगानी गरी समय र जनको बर्बाद गर्नु हो । यसरी ठूलो धनराशि बिलासिताको लागि सकिन्छ । घर घडेरीमा गरिने लगानी कृषि तथा पशुपालनमा लगाउने हो भने आफू पनि स्वरोजगार बन्नने र अरुलाइ पनि यहि पेसा गर्न प्रोत्साहन गरी युवालाई थप ऊर्जा शक्ति प्रदान गर्छ ।

गाउँमा दुई चार जनालाई रोजगरी दिएर कृषी क्षेत्रलाई बृस्तित बनाउन सकिन्छ । सरकारले यस्तो कामगर्न खोज्ने लाई प्रोत्साहन नगरी हिनताबोध गराउने अनि फलफुल  तरकारी ,खाद्यान्न, तथा माछा मासुको भाउ महङ्गो भयो भन्दै बिलौना गरी शहर, चोक चोक देखि सामाजिक संजालमा भर्ने रंगाउने काम गर्ने ।

भएको जमिन बाझो राखि बैदेशिक रोजगारी गरी परनिर्भर बन्ने आफुलाई परिबर्तन भएको गाउबाट सहरीकरण सहरमा रूपान्तरण भएको ठान्ने । उत्पादन कम भएपछि स्वत भाउ महङ्गो हुन्छ् अर्थशास्त्रको नियम माग मुल्य बढ्छ माग घटे मुल्य घट्छ छ । तसर्थ सकेसम्म व्यवसायिक कृषि तथा पशुपालनको काम गरौ नसके पनि आफू आत्मनिर्भर भई निर्भाहामुखी हुने गरि सबैले कृषीकार्य गरौं ।

सबैले आफ्नो जमिन बाझो नराखौ कृषि पेसालाई सम्मान गर्न सिकौं, कुनै व्यत्ती कृषि तथा पशुपालन गर्न खोज्छ भने उसलाई सकिन्छ उचित सल्लाह, सुझाव, हौसला दिउ, नसके ऊसलाई हतोत्साहित गर्ने काम कसैले नगरौ, सकिन्छ राम्रो गरौ सकिदैन, नराम्रो कसैले कसैलाई नगरौ।

वि.सं.२०७७ असोज ४ आइतवार ११:२३ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...