६ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४७ जनासहित देशैभरी १३५६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटामा १, भोजपुरमा २, मोरङमा ५७, संखुसभामा ४ र सुनसरीमा ७७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ११, पर्सामा ११, बारामा १५, रौतहटमा ४, सप्तरीमा ८, सर्लाहीमा १ र सिराहामा ३३ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ५११, काभ्रेपलान्चोकमा ३०, दोलखामा २२, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ६३, रामेछापमा ९, ललितपुरमा ७३, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा २, पर्वतमा ३, तनहुँमा २५, पर्वतमा ३, लमजुङमा ६, बाग्लुङमा १६ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा १९, गुल्मीमा २, दाङमा १९, नवलपररासीमा ८, प्युठानमा ८, पाल्पामा ८, बर्दियामा २७, बाँकेमा ५८, रुकुमपुर्वमा २५, रुपन्देहीमा ७४ र रोल्पामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको दैलेखमा १, सुर्खेतमा ४४ जना र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १३५६ जना संक्रमित थपिएका छन् । जसमा महिला ४५९ र पुरुष ८९७ जना रहेका छन् । आज थपिएका १३५६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ६७४ सहित देशैभरी ११५४ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ असोज ६ मंगलवार १६:४९ मा प्रकाशित






























