६ असोज, काठमाण्डौं । कोरोना संक्रमणबाट आज ८२३ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८२३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ८२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४३५७, प्रदेश २ मा १२,४७६ बागमती प्रदेशमा ११,८५४ गण्डकी प्रदेशमा २८१९, प्रदेश नं ५ मा ७४६६ कर्णाली प्रदेशमा २७४९ र सुदूरपश्चिम प्रदेशमा ६,२४० जना गरी हालसम्म जम्मा ४८ हजार ६१ जना निको भएका हुन् । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२ प्रतिशत हो ।
आज पनि १ हजार बढीले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ४७ हजार नाघ्यो
वि.सं.२०७७ असोज ६ मंगलवार १६:२७ मा प्रकाशित





























