back
CTIZAN AD

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना

वि.सं.२०७७ असोज ९ शुक्रवार

1.3K 

shares

काठमाडौं । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने गरि अध्यादेश पारित भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मन्त्रालका अनुसार पारित अध्यादेशमा एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने व्यवस्था छ ।

हालसम्म भएका कानूनी प्रावधानमा एसिड आक्रमणमा कसैको मृत्यु भएमा जन्मकैद र घाईते वा अंगभंग भएमा अधिकतम ८ वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ । त्यस्तै एसिड आक्रमणसम्बन्धी कसुरमा अभियुक्तविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही हुने व्यस्था छ । जहाँ अधिकतम १० वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ । भएका कानूनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत एसिडसम्बन्धी छुट्टै कानून बनाउन लागेको हो ।

मन्त्रिपरिषदले पारित गरेको अध्यादेशमा जरिबानावापत् सरकारले अशुल गरेको सम्पूर्ण रकम पीडितलाई नै क्षतिपूर्ति भराउने उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित बनेका व्यक्तिहरूसँग छलफल गरेपछि अध्यादेश ल्याएका हुन् । उनले एसिड आक्रमणका पीडितसँग कडा कानूनी व्यवस्था ल्याउने आश्वासन दिएका थिए ।

पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढ्दै गएका छन् । कमजोर कानूनी व्यवस्थाका कारण आक्रमणकारीहरु माथि गतिलो कारबाही नहुँदा घटना बढेको धेरैको बुझाई छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १५:४४ मा प्रकाशित

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...