back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी थपिए १२०७ कोरोना संक्रमित

वि.सं.२०७७ असोज १० शनिवार

924 

shares

१० असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी १२०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा ७, भोजपुरमा २, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५८३, काभ्रेपलान्चोकमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरम ७८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा १५ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासीपुर्वमा १, लमजुङमा १ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नवलपरासीमा १०, पाल्पामा ३, प्युठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सल्यानमा १ र सुदूरपश्चिम प्रदेशको अछाममा १३, कन्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बझाङमा २ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १२०७ जना संक्रमित थपिएका छन् । जसमा महिला ४११ र पुरुष ७९६ जना रहेका छन् ।

आज थपिएका १२०७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण

 

वि.सं.२०७७ असोज १० शनिवार १६:४४ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...