दिबश भण्डारी, स्याङ्जा । चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरी भत्केको चापाकोट टार सिंचाई योजनाको नहर निर्माणमा जुटेका छन् । आइतबार स्थानीयसहित नहरको स्थलगत अवलोकन गरेका उनी मर्मतमा जुटेका हुन् ।
गिरीले छिटोभन्दा छिटो नहर मर्मत गरिसक्ने गरि कार्यक्रम बनाएको बताए । अहिले उक्त सिंचाइ नहर भत्केको ठाउँमा आवश्यक जनशक्ति र मेसिनको परिचालन गरेर पुनर्निर्माण गर्ने काम सुरु गरिसकिएको मेयर गिरीले जानकारी दिए ।
केही दिनदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोले चापाकोट टार सिंचाइ योजनाको नहर भत्केको थियो । नहर भत्किएसँगै चापाकोटको ठूलो क्षेत्रमा सिंचाईको समस्या बनेको छ ।
वि.सं.२०७७ असोज १२ सोमवार १४:३१ मा प्रकाशित




























