back
CTIZAN AD

नेपालमा आज एकैदिन २७२२ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १६३८ थपिए

वि.सं.२०७७ असोज १६ शुक्रवार

840 

shares

१६ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६३८ जनासहित देशैभरी २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२८०, ललितपुरमा १९६ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, खोटाङ, ताप्लेजुङ र संखुवासभामा १÷१ जना, झापामा २३, तेह्रथुममा २, मोरङमा १५० र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ५, पर्सामा २४, बारामा १४, महोत्तरीमा ६, रौतहटमा ४, सप्तरीमा १५, सर्लाहीमा ६ र सिराहामा २२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२८०, काभ्रेपलान्चोकमा २३, चितवनमा ८३, दोलखामा २, धादिङमा २३, नुवाकोटमा ११, भक्तपुरमा १९६, मकवानपुरमा ५५ रामेछापमा ३, ललितपुरमा १६२, सिन्धुपाल्चोकमा १०, र सिन्धुलीमा १३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ७, नवलपरासीपुर्वमा १६, पर्वतमा १, म्याग्दीमा ३, लमजुङमा १४, बाग्लुङमा १२ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १०, कपिलवस्तुमा ७, गुल्मीमा २६, दाङमा २८, नवलपरासीमा २३, पाल्पामा ११, प्युठानमा ११, बर्दियामा ९, बाँकेमा ७०, रुपन्देहीमा ९२ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्ला ६, दैलेखमा १० र सुर्खेतमा १२२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा ७, कैलालीमा १३, डोटीमा ८, दार्चुलामा १५, बझाङमा ५, बाजुरामा १ र बैतडीमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी २७२२ जना संक्रमित थपिएका छन् । जसमा महिला ९६५ र पुरुष १७५७ जना रहेका छन् ।

आज थपिएका २७२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका ९४३ सहित देशैभरी १९११ संक्रमित

वि.सं.२०७७ असोज १६ शुक्रवार १६:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...